महामन्त्रीबाट निस्काशनपछिको पहिलो प्रतिक्रिया
रविको घण्टी बजाउने मुकुलको घोषणा
समाधान संवाददाता
२०८१ असार २५ गते १३:१२

पोखरा ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको महामन्त्री पदबाट निस्काशित मुकुल ढकालले पार्टी अध्यक्ष रवि लामिछाने माथि फेरि तिखो आक्रमण गरेका छन् ।
महामन्त्रीबाट निस्काशन गरिए लगत्तै सामाजिक सञ्जाल मार्फत पहिलो प्रतिक्रिया दिदैं उनले पार्टीबाट निस्काशन गरिएकाे घटना अस्वीकार गरेका छन् । उनले पार्टी हैन, रविको क्लबबाट निस्काशन गरिएकाे भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी भित्र घण्टी बजाइरहने चेतावनी दिएका छन् ।
उनले रास्वपालाई रविको पार्टीबाट रुपान्तरण गरेर राष्ट्रिय स्वतन्त्र पार्टी बनाउने संकल्प नरोकिने बताएका छन् ।
यस बारेमा थप कुरा भाेली अर्थात बुधबार गर्ने पनि उनले लेखेका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया