आइएसएमटी कलेजमा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ तालिम

समाधान संवाददाता २०८१ असार २६ गते १६:२२

पोखरा ।
आइएसएमटी कलेज पोखरामा ‘डाटा साइन्स एण्ड एआई फाउन्डेसन कोर्स’ तालिम भएको छ । पहिलो चरण अन्तरगत असार १० गतेदेखि २३ गतेसम्म तालिम भएको हो ।

Advertisement


तालिममा ४० जना विद्यार्थीको सहभागीता थियो । कलेजको आइटी संकायका एआई पिषयका शिक्षक एवम डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्कीले तालिममा सहजिकरण गरेका थिए ।


तालिममा विद्यार्थीले तथ्यांक संकलन, तथ्यांक प्रशोधन एवम रुपान्तरण र एआई टुल्स प्रयोग गरि डाटा भिजुलाइजेसन गर्न सिकेको कार्कीले बताए ।


तालिममा सहभागि विद्यार्थीहरुले उक्त कोर्ष आफुहरुलाई निकै महत्वपूर्ण भएको प्रतिक्रिया दिएका थिए । सहभागी विद्यार्थीलाई डिपार्टमेन्ट प्रमुख कम्प्युटिंग सरण कार्की तथा क्याम्पस संयोजक शुष्मा रञ्जितले प्रमाणपत्र वितरण गरेका थिए ।


आइटी पढ्न चहाने विद्यार्थीहरुका लागि आगामी दिनमा डाटा साइन्स र एआई लगायत डिजिटल मार्केटिङ् र हाउस किपिङ् जस्ता विषयमा पनि निःशुल्क ट्रेनिङहरु दिदै जाने कलेजको तयारी रहेको कलेजका अप्रेशन तथा मार्केटिङ म्यानेजर शिव पौडेलले जानकारी दिए ।

Advertisement


उनका अनुसार यही असार ३१ गतेबाट सुरु हुने गरि रजिस्ट्रेसन खुला गरिसकेको छ । तालिम लिन इच्छुक विधार्थीले गुगलमार्फत फारम सक्ने बताउँदै कलेजमै गएर वा 061433826, 061435436 मा सम्पर्क गरेर आफ्नो सिट सुरक्षित गर्न सक्ने जानकारी दिए ।


इएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो । आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ,चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।


अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिवद्ध रहेको कलेजले जनाएको छ ।

तपाईको प्रतिक्रिया