उद्धार र राहतमा जुट्न एमाले कास्कीको आग्रह

समाधान संवाददाता २०८१ असार २७ गते १२:४५

पोखरा ।
बाढी पहिरोका कारण कास्कीमा ३ जनाको मृत्यु भएकोप्रति नेकपा एमाले कास्की जिल्लाले दुख व्यक्त गरेको छ । जिल्ला सचिव दर्शन लामाले बुधबार विज्ञप्ति मार्फत कास्कीमा असार यता ३ जनाको मृत्यु भएको भन्दै दुख व्यक्त गरेका हुन् ।

Advertisement


सचिव लामाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हाल कास्की जिल्ला र देशभर विभिन्न स्थानमा अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले भएको जनधनको क्षतिप्रति नेकपा (एमाले) जिल्ला कमिटी कास्की दुःख प्रकट गर्दछ ।

असार महिनामा कास्की जिल्लामा मात्रै ३ जनाले ज्यान गुमाउनु परेको छ । मृतक सबैमा नेकपा (एमाले) जिल्ला कमिटी कास्की भावपूर्ण श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरुमा शीघ्र स्वास्थ्य लाभको कामना गर्दछ ।’


विपदको घडीमा उद्धार तथा व्यवस्थापन, घाइतेहरुको उपचार, राहत वितरणमा सहयोग पुर्याउन राज्यका संयन्त्रहरुको ध्यानाकर्षण समेत गराइएको छ । सचिव लामाले विज्ञप्तिमार्फत पार्टीका सबै कमिटी, जनसंगठनलाई उद्धार र राहतका कार्यमा संलग्न हुन निर्देशन दिएका छन् ।

जिल्लाका जोखिमयुक्त क्षेत्रमा थप सतर्कता अपनाउन र क्षति न्यूनीकरण तर्फ गम्भीर हुन पनि एमाले कास्कीले सरकारका सुरक्षा निकायलाई आग्रहसमेत गरेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया