एमाले कांग्रेसले आजै दावी पेस गर्ने, ओली प्रधानमन्त्री
समाधान संवाददाता
२०८१ असार २८ गते २१:०२
पोखरा ।
राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।
उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेले आजै सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । संविधानको धारा ७६ (२) अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।
अहिले सवा ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया