विद्या भट्टराई शिक्षा मन्त्री बन्ने पक्का
समाधान संवाददाता
२०८१ असार ३१ गते ७:४१

पोखरा ।
एमाले नेतृ एवम कास्की निर्बाचन क्षेत्र न्म्बर २ कि सांसद विद्या भट्टराई शिक्षा मन्त्री बन्ने भएकी छन् ।
एमाले उच्च श्रोतले दिएको जानकारी अनुसार सासद भट्टराईलाई सपथका लागि बोलावट आएको छ ।
आजै ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको सपथ खाँदै छन् । प्रधानमन्त्रीको सपथ लगत्तै मन्त्रीहरुको सपथ ग्रहण हुने शितल निबासले जनाएको छ ।
शिक्षा मन्त्री बन्न लागेकी विद्या स्वर्गीय एमाले नेता रवीन्द्र अधिकारीकी धर्मपत्नी हुन् । तत्कालिन सँस्कृति तथा पर्यटन मन्त्री अधिकारीको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो ।
अधिकारीको निधनपछि रिक्त भएको स्थानमा एमालेले विद्यालाई उमेद्वार बनाएको थियो । त्यो निर्बाचन जितेकी भट्टराई कास्की २ बाट २०७९ सालमा दोश्रो पटक पनि प्रत्यक्ष निर्बाचित भएकी जनप्रतिनिधि हुन् ।
सम्बन्धित
तपाईको प्रतिक्रिया