एमालेबाट मन्त्री हुनेको नाम फाईनल

समाधान संवाददाता २०८१ असार ३१ गते ८:५८

पोखरा ।

Advertisement

नेकपा एमालेबाट सरकारमा सहभागी हुने मन्त्रीहरुको नामावली फाइनल भएको छ । अध्यक्ष केपी शर्मा ओलीको नेतृत्मा बन्ने सरकारमा पार्टीका हेविवेट नेताहरु सहभागी हुने भएका छन् ।

पार्टीका उपाध्यक्ष विष्णु पौडेललाई उपप्रधानमन्त्रीसहित अर्थ मन्त्रालयको जिम्मेवारी दिइएको छ । त्यस्तै अर्का हेविवेट नेता उपमहासचिव पृथ्वीसुब्बा गुरुलाई सूचना तथा सञ्चारमन्त्रीको जिम्मेवारी सहित सरकारमा सहभागी गराइने भएको छ ।

राष्ट्रिय सभा सदस्य देवेन्द्र दाहाल भौतिकमन्त्री बन्दैछन् ।

त्यस्तै शिक्षा मन्त्री विद्या भट्टराई बन्दैछिन् भने रक्षा मन्त्रालय मानवीर राई बन्दैछन् । एमालेबाटै राजकुमार गुप्ता पनि मन्त्री बन्दैछन् ।

Advertisement

यसअघि सरकारमा सहभागी दामोदर भण्डारी र बलराम अधिकारीले फेरि पनि मन्त्री बन्ने मौका पाएका छन् भने काठमाण्डुका कृष्णगोपाल श्रेष्ठलाई पनि मन्त्रिपरिषदमा समेटिएको छ ।

तपाईको प्रतिक्रिया