प्रधानमन्त्री ओलीले लिए सपथ, निवर्तमान प्रधानमन्त्री प्रचण्डसहितका नेताहरुको उपस्थिति

समाधान संवाददाता २०८१ असार ३१ गते १२:००

पोखरा ।

Advertisement

नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलसँग पद तथा गोपनियताको सपथ लिएका छन् । राष्ट्रपति निवास शीतल निवासमा सोमबार मध्यान्ह आयोजित समारोहमा पौडेलले ओलीलाई सपथ दिलाए ।

सपथ समारोहमा निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहाल, पूर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, बाबुराम भट्टराई, झलनाथ खनाल लगायत उपस्थित भए । ओलीले सपथ लिएपछि निवर्तमान प्रधानमन्त्री पुष्पकमल दाहालले आफू बसिरहेको कुर्ची ओलीलाई छाडेका थिए ।

दाहाल ओलीसँग हात मिलाएर समारोहबाट निस्किएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया