बैदामका डिएसपी राजेन्द्र श्रेष्ठले पर्यटन व्यवसायीसँग हप्ता अशुलेकाे भन्दै अख्तियारमा उजुरी

समाधान संवाददाता २०८१ साउन २ गते १६:५७

पाेखरा ।

Advertisement

वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) राजेन्द्रकुमार श्रेष्ठ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखरा कार्यालयमा उजुरी परेको छ ।


श्रेष्ठले पदीय मर्यादा विपरीत प्रहरीको जनशक्ति नै दुरुपयोग पर्यटन व्यवसायीसँग पैसाल अशुल्दै आएको भन्दै उजुरी परेको हो । उजुरीमा भनिएको छ , ‘व्यवसायीहरुले डिएसपी श्रेष्ठलाई प्रतिव्यक्ति मासिक ५० हजारदेखि १ लाख रुपैयाँसम्म बुझाउने गरेका छन् । त्यतिमात्रै होइन पैसा माग्ने उद्देश्यले डिएसपी श्रेष्ठले क्लब डान्सबार, दोहोरी गेट र भित्रसम्मै चेकिङको नाममा आतंक मच्चाउने र पैसा नदिने व्यवसायीमाथि कारवाहीको नाटक गर्दै आएका छन् ।’

डिएसपी श्रेष्ठले पर्यटन व्यवसायीसँग पैसाकै लागि बार्गेनिङ गरिरहेको तथ्यसमेत बुझाएको भन्दै पर्यटन व्यवसायीहरुले जनाएको बताएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया