पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचारी ठहर
समाधान संवाददाता
२०८१ साउन १३ गते १८:४९

पाेखरा ।
पूर्वमन्त्री गोविन्दराज जोशी भ्रष्टाचार मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका छन् । न्यायाधीश विनोद शर्मा र बालकृष्ण ढकालको इजलासले आइतबार जोशीलाई भ्रष्टाचार मुद्दामा दोषी ठहर गरेकाे हाे । जाेशीलाई ९ महिना कैद र ६९ लाख १५ हजार जरिवानाको सजाय सुनाएको हो ।
यसअघि विशेष अदालत उनलाई गैरकानूनी रुपमा सम्पत्तिआर्जन गरी भ्रष्टाचार गरेको ठहर सहित डेढ वर्ष कैद र २ करोड १६ लाख १४ हजार ३७६ रुपैयाँ जरिवाना हुने फैसला सुनाएको थियो ।
सम्बन्धित
तपाईको प्रतिक्रिया