माउन्ट अन्नपूर्णमा हाजिरीजवाफ

समाधान संवाददाता २०८१ भदौ ३ गते ११:०१

पोखरा ।
पोखरा ३ नदीपुरमा अवस्थित माउन्ट अन्नपूर्ण माविमा विद्यालयको अतिरिक्त कार्यक्रम अन्तर्गत शुक्रबार अन्तरसदनात्मक अंग्रेजी हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।

Advertisement

प्रतियोगितामा क्रमश ग्रिन, रेड र येलो हाउस प्रथम, द्वितीय र तृतीय हुन सफल भएका थिए । विद्यालयले विद्यार्थीहरुको व्यक्तित्व विकासको निम्ति अतिरिक्तकृयाकलाप कार्यक्रम अन्तर्गत अन्तर हाउस विभिन्न शैक्षिक, सांस्कृतिक, खेलकुद प्रतियोगिताहरु, ललितकला, नाटक आदि नियमित रुपमा आयोजना गर्दै आएको छ ।


कार्यक्रमलाई अंग्रेजी विभागका विभागीय प्रमुख उमेश खनाल र शिक्षिका सेजल विजुक्छेले संयुक्त रूपमा सञ्चालन गरेका थिए ।

विद्यालयका शैक्षिक निर्देशक अशोककुमार शाहीले प्रतियोगिताको महत्वलाई प्रकाश पारेका थिए । विजयी विद्यार्थीहरूलाई विद्यालय प्रशासक चित्र गुरूङले अबिर लगाई बधाई दिएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया