पोखरामा माओवादी केन्द्रको बैठक जारी

पोखरा ।
नेकपा माओवादी केन्द्रको परामर्श बैठक आइतबारबाट गण्डकीको पोखरामा सुरु भएको छ । सोमबारसम्म चल्ने बैठकमा केन्द्रीय पदाधिकारीसहित सो प्रदेशका केन्द्रीय सदस्य र प्रदेश पदाधिकारीको सहभागिता छन् ।
केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने दस्तावेज लेख्नुअघि केन्द्र र प्रदेशका नेताहरूसँग परामर्श गर्ने कार्यक्रम अन्तर्गत परामर्श बैठक सुरु गरिएको हो । जसअनुसार बागमती, काठमाडौं उपत्यका विशेष प्रदेश र सम्पर्क समन्वय प्रदेशको बैठक भइसकेको छ ।
बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र केन्द्रीय पदाधिकारीले प्रदेशमा कार्यक्षेत्र भएका केन्द्रीय सदस्य तथा प्रदेश पदाधिकारीको परामर्श लिने गरेका छन् । सबै प्रदेशको परामर्श बैठक सकिएपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ । केन्द्रीय समिति बैठकबाट संगठन सुदृढीकरण र जनपरिचालनका कार्यक्रम तयार पार्ने माओवादीको तयारी छ ।
तपाईको प्रतिक्रिया