नेकपा एसको सचिवमा कास्कीका श्रीनाथ विजयी

समाधान संवाददाता २०८१ भदौ १२ गते ७:४४

पोखरा । नेकपा एसको पदाधिकारी चयनका लागि भएको निर्वाचनको अन्तिम मतपरिणाम आएको छ । वरिष्ठ उपाध्यक्षमा राजेन्द्र पाण्डे मंगलबार नै सर्वसम्मत भएका थिए ।

Advertisement

५ सचिवका लागि भएको निर्वाचनमा २६ जना उम्मेदवार रहेकामा कास्कीका श्रीनाथ बराल १ सय ७ मतका सात विजयी भए । सचिवमै उठेका पोखराका मेयर धनराज आचार्य पराजित भएका छन् । उनले ७५ मत पाएका छन् ।

सचिव पदमा शेरबहादुर कुँवर १ सय ५३, चन्द्रबहादुर शाही ९१, सोमप्रसाद पाण्डे १ सय ४१ र सावित्रीकुमारी भुसाल १ सय ६ ले मत पाएर विजयी भएका छ्न ।

महिला उपाध्यक्षमा रामकुमारी झाँक्रीलाई हराएर जयन्ती राई निर्वाचित भएकी छन् ।

खुला उपाध्यक्षमा डा. गंगालाल तुलाधर, भानुभक्त जोशी, प्रकाश ज्वाला र जगन्नाथ खतिवडा निर्वाचित भए ।

Advertisement

उपमहासचिवमा मेटमणि चौधरी, रामकुमार भट्टराई, राजेन्द्र राई र गरिमा शाह निर्वाचित भएका छन् । ४ उपमहासचिव पदमा १९ जना प्रतिस्पर्धी थिए ।

तपाईको प्रतिक्रिया