गण्डकी सरकारमा एमालेको नेतृत्व पद्माले गर्ने, कृषि मन्त्रालयको जिम्मेवारी

समाधान संवाददाता २०८१ भदौ १७ गते १२:४२

पोखरा ।

Advertisement

सुरेन्द्र पाण्डे नेतृत्वको गण्डकी प्रदेश सरकारमा एमालेको नेतृत्व पद्मा जिसीले गर्ने भएकी छन् ।

नवलपूरबाट प्रत्यक्ष निर्बाचित सांसद पद्मा पहिलो पटक मन्त्री बन्दै छिन् । उनलाई ६ पटक मन्त्री बनेका राजीव गुरुङ र दुइ पटक मन्त्री बनेका विन्दुकुमार थापा भन्दा माथि राखिएको छ ।

पद्मालाई कृषि भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको जिम्मेवारी दिइएको छ । मन्त्रालय बाँडफाँडको पत्र प्रदेश प्रमुखको कार्यालयमा पुगिसकेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया