गण्डकीमा मन्त्रालयको भागबण्ड

मनाङेलाई वन मन्त्रालय, मित्रलाललाई उद्योग तथा पर्यटन र कृष्ण पाठकलाई स्वास्थ्य

समाधान संवाददाता २०८१ भदौ १७ गते १२:५९

पोखरा ।

Advertisement

गण्डकी प्रदेश सरकारमा सहभागी हुने मन्त्रीहरुको जिम्मेवारी बाँडफाँड भएको छ । मन्त्री परिषद् पुरनगठन गरेर मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले जिम्मेवारी समेत हेरफेर गरेका छन् ।

यस अघि भाैतिक पूर्वाधार तथा यातायात मन्त्री भएका राजीव गुरुङ उर्फ दीपक मनाङेलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिएका दिइएको छ । यस अघि उनलाई पर्यटन मन्त्री बनाउने चर्चा थियो ।

एमालेबाट बनेका नया मन्त्रीहरु मध्ये पद्मा जिसीले कृषी मन्त्रालय, कृष्ण पाठकले स्वास्थ्य मन्त्रालय, मित्रलाल बस्यालले उद्योग तथा पर्यटन मन्त्रालय र प्रकाश केसीले भाैतिक पूर्वाधार तथा यातायात मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

कांग्रेसका मन्त्री टकराज गुरुङलाई अर्थ, विन्दु थापालाई सामाजिक विकास र नेपाल समाजवादीका फणीन्द्रलाई उर्जा मन्त्रालयको जिम्मेवारी पाएका छन् । उनीहरुले पुरानै मन्त्रालय पाएका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया