पोखरा १९ मा बाल दिवसका अवसरमा कार्यक्रम

पोखरा ।
६० औं बाल दिवसको अवसरमा वडा शिक्षा समिति पोखरा १९ ले बालबालिका केन्द्रित विभिन्न कार्यक्रम गरेको छ । वडाभित्रका ११ वटा विद्यालयका विद्यार्थीले सहभागिता जनाएको कार्यक्रमा वक्तृत्वकला, चित्रकला, स्मरण क्षमता मापन र हिसाब दौड प्रतियोगिता सम्पन्न भएको कार्यक्रम संयोजक बैकुण्ठ पौडेलले जानकारी दिए ।
वक्तृत्वकलामा भारती भवन माविका आयुशा बास्तोला प्रथम, विन्ध्येश्वरी माविका सोनिया अधिकारी दोस्रो, महेन्द्र माविका कृपा पौडेल तेस्रो र प्रशंसा पौडेल सान्त्वना भइन् ।
चित्रकला तर्फ भारति भवन माविका सोहन पोख्रेल प्रथम, विन्ध्येश्वरी माविका युमिन नेपाली दोस्रो, भारती भवन माविकै सृष्टि पोख्रेल तेस्रो र महेन्द्र माविका अनिशा पौडेलले सान्त्वना स्थान प्राप्त गरिन् ।
स्मरण क्षमता मापनमा एल एन्जल स्कुलका दिलिषा गौतम प्रथम, महेन्द्र माविका इच्छा भुजेल द्रोस्रो, भारती भवन माविका प्रकृति गिरी तेस्रो र अकला आविका सुमिका नेपाली सान्त्वना भइन् ।
हिसाब दौडतर्फ भारती भवन माविका आमोद अधिकारी प्रथम, एल एन्जल स्कुलका अंकित गौतम दोस्रो, भूमेश्वर आविका निकिता अधिकारी तेस्रो र शिवेश्वरी आविका राजेश वाास्तोला सान्त्वना भएको संयोजक पौडेलले जानकारी दिए ।
यसअघि कार्यक्रमको उद्घाटन गर्दै गण्डकी प्रदेश सभा सदस्य राजकुमारी भुजेलले वडा शिक्षा समितिले शिक्षासँगसगै बालबालिका केन्द्रित योजनालाई प्राथामिकता दिनुपर्नेमा जोड दिइन् । वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले वडा शिक्षा समितिको बजेटलाई उच्च प्राथामिकता दिई वाल केन्द्रित क्रियाकलापमा लगाउनुपर्ने बताए ।
कार्यक्रम संयोजक पौडेलले अतिरिक्त कार्यक्रमले बालबालिकाको प्रतिभा प्रष्फुटन हुने बताए । पोखरा महानगर शिक्षा शाखाका अधिकृत जीवन रेग्मी, वडा सदस्य दुर्गादेवी बस्नेत, कल्पना सुनार, वडा सचिव सुजन शर्मा, शिक्षा समितिका सदस्य लेखनाथ लामिछाने, शिक्षासेवी अग्निधर शर्मा, शिक्षिका सीता पौडेल, पद्मा अधिकारी, रश्मि अधिकारी वासुदेव तिवारी लगायतले उतकृष्ट विद्यार्थीलाई पुरस्कार वितरण गरे ।
तपाईको प्रतिक्रिया