के रवि लामिछानेको सांसद पद गुम्दैछ ? गोकुलले किन गरे चितवनमा फेरि चुनाव हुने संकेत !

समाधान संवाददाता २०८१ असोज २ गते १४:२३

पोखरा ।

Advertisement

सहकारी ठगी प्रकरणमा मुछिएका राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद फेरि पनि गुम्ने खतरा बढेको छ । संसदीय छानविन समितिले सहकारीको रकम अपचलनमा रवि लामिछाने पनि संलग्न भएको भन्दै नाम नै किटान गरेर प्रतिवेदन बुझाएपछि यसका पक्ष र विपक्षमा चर्चा परिचर्ता भैहरेको छ ।

लामिछानेसहित रास्वपाका नेताहरुले समितिबाट रविले क्लिन चिट पाएको दावी गर्दै समितिको प्रतिवेदनपछि खुशी मनाइरहेका छन् भने अन्यले रवि दोषी भएको दावी गर्दै अनुसन्धान अघि बढ्ने बताइरहेका छन् ।

एमाले सांसद सूर्य थापा नेतृत्वको समितिले संसदलाई बुझाएको प्रतिवेदन प्रतिवेदन सभामुखले आवश्यक कारवाहीका लागि भन्दै सरकारलाई पठाएका छन् ।

यसै सन्दर्भमा एमाले नेता एवं पूर्वमन्त्री गोकुल बाँस्कोटाले सामाजिक सञ्जाल एक्समा पोष्ट गर्दै चितवन १ मा फेरि चुनाव हुने संकेत गरेका छन् । उनले लेखेका छन्

Advertisement

कानुनविदका वकिली तर्क र राजनैतिक सौदाबाजी नभएमा रविको सांसद पद गुम्ने ठोकुवा बाँस्कोटाले गरेका छन् ।

उनले चितवन १ मा आउदो हिउद महिना मै प्रतिनिधि सभाको उपनिर्बाचन हुने कुरा पनि लेखेका छन् । यदि फेरि चुनाव भएमा यो निर्बाचन क्षेत्रमा तेश्रो पटक चुनाव हुनेछ।

आम चुनावपछि नक्कली नागरिकताकाकारण रविले सांसद पद गुमाएका थिए । त्यसबेला उनी गृहमन्त्री समेत थिए। सांसद पदसँगै गृहमन्त्री पद पनि गुमाएका रविले छ महिनापछिको उपचुनावमा नेपाली नागरिकता बनाएर फेरि चुनाव लडेका थिए र जितेका थिए । पहिलो पटक चुनाव लड्दा उनी अमेरिकन नागरिक थिए र पुरानो नेपाली नागरिकता प्रयोग गरेर निर्बाचन लडेका थिए ।

अहिले फेरि आर्थिक अपचलनमा मुछिएका छन् र उनी माथि चार वटा अभियोग लाग्ने चर्चा छ । यदि यस्तो भएमा उनी फेरि सांसद पदबाट मुक्त हुने र चितवनका जनताले सांसद छान्न फेरि मतदान गर्नु पर्ने कुरालाई बाँस्कोटाले व्यङ्ग्यात्मकशैलीमा लेखेका छन्।

तपाईको प्रतिक्रिया