कास्कीका ४ शिक्षकलाई राष्ट्रिय पुरस्कार

समाधान संवाददाता २०८१ असोज ३ गते ११:१३

पोखरा ।
कास्कीका ४ शिक्षकले राष्ट्रिय पुरस्कार प्राप्त गरेका छन् । शिक्षा दिवसको अवसरमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले देशभरका उत्कृष्ट शिक्षकहरुलाई पुरस्कृत गरेको छ । त्यसमा गण्डकी प्रदेशबाट सामुदायिक र निजी तथा संस्थागत विद्यालयका गरी ४ शिक्षक पुरस्कृत भएका हुन् ।

Advertisement


सामुदायिक विद्यालयतर्फबाट बाटुलेचौरस्थित विन्ध्यवासिनी माध्यमिक विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले राष्ट्रिय शिक्षा पदक प्राप्त गरेका हुन् । बुधबार सार्वजनिक गरेको सूचीमा प्रधानाध्यापक आचार्यसहित निजी तथा संस्थागत विद्यालयका ३ शिक्षकको नाम समावेश छ ।

राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गर्ने शिक्षकहरुमा गण्डकी बोर्डिङ स्कुलका राजकुमार ढकाल र सुजन लम्साल तथा मदरल्यान्ड माविका गुरुदत्त शर्मा दवाडी छन् । दवाडी लेकसिटी कलेज एन्ड रिसर्च सेन्टरमा पनि प्राध्यापनरत शिक्षक हुन् ।


मन्त्रालयले गण्डकी प्रदेशमा सामुदायिक विद्यालयमध्येबाट विन्ध्यवासिनी माविका प्रअ आचार्यलाई उत्कृष्ट प्रधानाध्यापकको रूपमा सो पदक प्रदान गर्न लागेको छ । पदक वितरण समारोह कार्यक्रम भने मन्त्रालयले पछि तय गर्ने छ । यसअघि सामुदायिक विद्यालय तर्फ नेपालकै उत्कृष्ट पहिलो बन्न सफल सो विद्यालयका प्रधानाध्यापक आचार्यकै कार्यकालमा विद्यालयले शैक्षिक गुणस्तरमा फड्को मारेको छ ।


विश्वविद्यालयका प्राध्यापकहरुमा पृथ्वीनारायण क्याम्पसका प्राडा हरिप्रसाद पाठक, वनविज्ञान क्याम्पस पोखराका डा नारायण गौतम शिक्षा पुरस्कारको सूचीमा छन् । व्यवस्थापन समिति अध्यक्षतर्पm माछापुच्छ्रे मावि माछापुच्छ्रे गापाका बमबहादुर गुरुङ, सहारा आधारभूत विद्यालय पोखरा ९ का विक्रम थकाली, विद्यालय कर्मचारीतर्फ शिवशक्ति माविका हरिश्चन्द्र बास्तोला र विद्यालय सहयोगीतर्फ पार्दी माविकी विष्णुकुमारी धामी पुरस्कृत भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया