रास्वपा कार्यकर्तालाई मुकुलको आग्रह: सहकारी ठगलाई समातेर प्रहरीमा बुझाइदिनुस्

समाधान संवाददाता २०८१ असोज ७ गते १२:११

पोखरा ।

Advertisement

रास्वपाका पूर्वमहामन्त्री मुकुल ढकालले पार्टी सभापति रवि लामिछाने सहकारी ठग नै हुन भन्दै उनको संरक्षण नगर्न पार्टी कार्यकर्तालाई आव्हान गरेका छन् । उनी अहिले रास्वपाको साधारण सदस्यबाट समेत निस्काशित छन ।

सामाजिक सञ्चालमा पोष्ट गर्दै ढकालले पार्टी कार्यालयमा लुकेर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिन भनेका छन् । हामीले पार्टी बनाएको भ्रष्ट ठग दलाल र अपराधीको संरक्षणका लागि हैन बल्की तिनीहरुको संरक्षण गर्दै विधिको शासन स्थापनाका लागि हो भन्दै ढकालले भनेका छन्– हाम्रो पार्टी कार्यालयमा लुकेर तपाईहरुलाई ढाल बनाएर बसेको सहकारी ठगलाई समातेर प्रहरीलाई बुझाइदिनुस् ।

Advertisement

तपाईको प्रतिक्रिया