सातौं डायमण्ड रनिङ कप शुरु

समाधान संवाददाता २०८१ असोज १५ गते २१:२५

लेखनाथ। पोखरा महानगरपालिका वडा नं. २७ तालचोकमा रहेको डायमण्ड माध्यमिक विद्यालयले सातौं डायमण्ड रनिङ कप खेलकुद प्रतियोगिता मंगलबार सुरु भएको छ ।

Advertisement

विद्यालयमा कक्षा १२ सम्म अध्ययन गर्ने विद्यार्थीहरु र पूर्व विद्यार्थीहरु बिच बिभिन्न विधामा खेलकुद आयोजना गरी पढाइको साथसाथै खेलकुदका माध्यमबाट विद्यार्थीहरुको सीप तथा क्षमता अविवृद्धि गराउने उद्देश्यले खेलकुद प्रतियोगिता संचालन गरिएको डायमण्ड माविका निर्देशक माधवशरण उपाध्यायले बताएका छन् ।

सेभेन ए साइड फुटबलको पोस्टमा गोल हानेर कार्यक्रमको उदघाटन गर्दै हंसपुर इलाका प्रहरी कार्यालय डाँडाकोनाकका प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले खेलकुदले शारीरिक तथा मानसिक स्वास्थ्यका लागि महत्वपूर्ण भएको र सम्पूर्ण खेलाडीहरूलाई अनुशासनको पालना गर्न र लेखनाथमा शान्ति सुरक्षा कायम गर्नका लागि विद्यालय तथा विद्यार्थीहरूको तर्फबाट पनि सामिप्यता तथा सहकार्य रहने बताए ।

विद्यालयका संस्थापक प्रिन्सिपल यमबहादुर रोकाले असोज १८ गतेसम्म चल्ने खेलकुद प्रतियोगिताले विद्यार्थीमा खेलप्रतिको चासो बढ्नुको साथै आत्मियता वढ्ने विश्वास दिलाएका थिए ।

त्यस्तै कार्यक्रममा व्यवस्थापक प्रमुख हरिप्रसाद लामिछाने, सल्लाहकार समितिका सञ्जीव थापा, प्लस टु इन्चार्ज शिव लामिछाने, रवि अधिकारी, अतिरिक्त क्रियाकलाप प्रमुख अनिल गुरुङ, विद्यालय इन्चार्ज विकास लामिछाने, काउन्सिलर दिनेश शर्मा लगायतले विद्यार्थीलाई पढाइका साथमा स्वच्छ र तन्दुरुस्तीका लागि खेलकुल अनिवार्य भएको विचार राखेका थिए ।

Advertisement

सातौँ डायमण्ड रनिङशिल्ड खेलकुद प्रतियोगिताको पहिलो दिन मंगलबार छात्र तर्फ सेभेन ए साइड फुटबल, छात्र र छात्रा तर्फ भलिवल, क्रिकेट, टेबल टेनिस लगायतका खेलहरु खेलाईएको विद्यालयका खेलकुद शिक्षक सुभाष तामाङले जानकारी दिएका छन् । प्रतियोगिता सञ्चालन गर्नका लागि खेल संयोजक अनिल गुरुङको संयोजकत्वमा १० सदस्यीय समिति निर्माण गरिएको विद्यालयक शिक्षक दिनेश शर्माले जानकारी दिएका छन् ।

चार दिनसम्म चल्ने प्रतियोगितामा सेभेन ए साइड फुटबलमा २६ टिम, छात्र/छात्रा भलिवलमा १० टिम, क्रिकेट तर्फ सात र टेबल टेनिस तर्फ छात्र÷छात्रा गरी ३५ जनाले सहभागिता जनाउन छन् ।

तपाईको प्रतिक्रिया