विप्लवका नवलपरासी जनसरकार प्रमुख पक्राउ

समाधान संवाददाता २०७६ भदौ ६ गते १२:०२

समाधान संवाददाता, काठमाडाैं

Advertisement

पश्चिम नवलपरासी जिल्लामा नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपाले खडा गरेको जनसरकार प्रमुख एवम् जिल्ला सदस्य प्रेम ढकाल (पृथ्वी) पक्राउ परेका छन् ।

सुनवल नगरपालिका वडा नं. १३ बडेरा घर भएका ७१ वर्षीया ढकाललाई बिहिबार राती प्रहरीले घरबाटै पक्राउ गरेको हो ।

तनहुँ र रुपन्देहीका विभिन्न स्थानमा भूमिगत भएर काम गर्दै आएका ढकाल घर परिवारसँग भेट गर्न पुगेको बेला पक्राउ परेका हुन् ।

उनीमाथि सार्वजनिक सवारीसाधनमा आगो लगाएको अभियोग छ । सोही मुद्दामा कारबाही प्रकृया अघि बढाईएको प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया