शनिबार, २९ जेठ २०७८
samadhannews
Sanima Bank New year offer

७ अध्यादेश जारी

काठमाडौं, २१ वैशाख ]राष्ट्रपति विद्यादेवी भण्डारीले मंगलबार विभिन्न सातवटा अध्यादेश जारी गरेकी छन्। उनले मन्त्रिपरिषद्को सिफारिसमा ती अध्यादेश जारी गरेकी हुन्। राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम अध्यादेशहरू जारी गरेको राष्ट्रपति कार्यालयले जनाएको छ । यौन हिंसाविरूद्धका केही ऐनलाई संशोधन गर्ने अध्यादेश २०७८, फौजदारी कसूर तथा फौजदारी कार्यविधिसम्बन्धी केही ऐन संशोधन गर्ने अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८, संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि सम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८, सामाजिक सुरक्षा ९पहिलो संशोधन० अध्यादेश २०७८, नेपाल प्रहरी र प्रदेश प्रहरी ९कार्य सञ्चालन, सुपरिवेक्षण र समन्वय० (पहिलो संशोधन) अध्यादेश २०७८ र तेजाब तथा अन्य घातक […]

पदमुक्त अमिक शेरचनले पत्रकार सम्मेलनमार्फत धारणा सार्वजनिक गर्ने

समाधान संवाददाता– मन्त्रिपरिषदको सिफारिसपछि राष्ट्रपति विद्यादेवी भण्डारीले पदमुक्त गरेका गण्डकी प्रदेश प्रमुख अमिक शेरचनले पत्रकार सम्मेलनमार्फत आफ्नो धारणा सार्वजनिक गर्ने भएका छन् । शेरचनलाई पदमुक्त गरी सोमबार सीता पौडेललाई नियुक्त गरिएको छ । पदमुक्त हुँदा निवासमै रहेका शेरचनले तत्काल कुनै पनि धारणा नराख्ने बताएको निजी सचिव गगन थापाले जानकारी दिए । ‘आधिकारिक जानकारी आइसकेको छैन । हतारमा कुनै धारणा नराखौं भन्नुभएको छ,’ निजी सचिव थापाले भने, ‘मंगलबार बिहान पत्रकार सम्मेलन गरी धारणा राख्ने तय भएको छ ।’ गण्डकी प्रदेशमा बाबुराम कुँवर पदमुक्त भएपछि माओवादी केन्द्र निकट शेरचनलाई प्रदेश प्रमुखमा नियुक्त गरिएको थियो । नवनियुक्त प्रमुख पौडेल लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा […]