श्रीसूर्य उत्तरायण,शिशिरर्तुः,विरोधकृत् नाम संवत्सर,श्रीशाके १९४०,विक्रमसम्वत २०७५ साल फाल्गुन ५ गते रविबार नेपाल सम्बत ११३९ सिल्लाथ्व,सन् २०१९ फेब्रुवरी १७ तारिक शुक्लपक्ष त्रयोदशी तिथि राती २ वजेर ३२ मिनेटसम्म, पुनर्वसु नक्षत्र अपरान्ह २ वजेर १२ मिनेटसम्म,आयुष्मानयोग,कौलवकरण,आनन्दादियोग ध्वज,सूर्य कुम्भ राशीमा,चन्द्रमा विहान ८ वजेर ३४ मिनेटसम्म मिथुन उप्रान्त कर्कट राशीमा ।
आत्मविश्वास बढ्नेछ । दक्षताको विकास हुनेछ । वैदेशिक कार्यबाट लाभान्वित हुनु हुनेछ । जीवन साथिको सहयोगमा महत्वपूर्ण काम बन्ने छन् । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ ।
सहज रुपमा काम हुने छैनन । श्रमको मुल्य लिन ठुलै कसरत गर्नु पर्ला । मुखको सहयोग मिल्नेछ तर व्यवहारिक सहयोग पाईने छैन । व्यापार व्यवसायबाट आय आर्जन थोरै बढ्नेछ ।
घरको वातवरण अनुकुल बन्नेछ । परिवारजनको सहयोगमा काम बन्ने छन् । देश,प्रदेश यात्राको योग देखिन्छ । व्यापार व्यवसायमा उन्नति प्रगतिको राम्रो सम्भावना देखिन्छ ।
पारिवारिक समस्या बढ्ने छन् । आलस्यता पनि बढ्नेछ । काम गरेर जश कमै मिल्नेछ । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन । विवादबाट टाढा बस्नु होला ।
समयले थोरै साथ दिनेछ । कार्य लगनशिलता बढ्नेछ । व्यापार व्यवसायबाट आम्दानी बढ्नेछ । घरमा मांगलिक काम हुनेछन् । बाह्य सम्बन्धमा सुधार आउनेछ । आफन्तबाट सहयोग मिल्नेछ ।
नयाँ कामको बारेमा विचार विमर्श हुनेछ । उत्तम आसन र भोजन प्राप्तिको योग पनि देखिन्छ । गरेका काम काजमा सफलता मिल्ने छ । खर्चमा नियन्त्रण आउने छ । व्यापार बढ्ने छ ।
ऋणको चिन्तले छोड्ने छैन । काम गरेर जश भन्दा अपयश बढि मिल्नेछ । यात्राको सम्भावना देखिन्छ । घर छोडेर हिड्न मन लाग्ने छ । आम्दानी खर्च बरावरै जस्तो होला
मानसिक चिन्ता बढ्नेछ । अहार विहारमा ध्यान दिन सकिएन भने स्वास्थ्य कमजोर बन्नेछ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ । शारीरिक शिथिलता बढ्नेछ । व्यापारबाट आम्दानी घटनेछ ।
आशा गरेर जति सफलता त होइन तर निरासा भने हुनु पर्ने छैन । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । प्रयत्नबाट नयाँ काम हात पारिनेछ । लेनदेन कारोवारमा सुधार आउनेछ । दामपत्य जीवनमा सुखानुभूति हुनेछ ।
काममा प्रतिश्पर्धा गरेर भए पनि अगाडि बढ्नु होला । अरुको विश्वासमा परेर काम नगर्नु होला । आफन्त सँग विवाद पर्न सक्छ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।
ग्रह गोचर सामान्य देखिन्छ । घर परिवारबाट सहयोग त्यति पाईने छैन । दुविधा मुक्त भएर काम गर्नु होला । समयलाई बुझेर काम गर्न सकेमा सफलताको नजिक पुगिने छ । व्यापारबाट अल्प लाभ हुनेछ ।
आफुले गरेका कर्मले अरुलाई राम्रो हुनेछ तर आफुलाई खासै केहि हुने छैन । भुलभुलैयामा नपर्नु होला । घरमा जमघट बढ्नेछ । व्यापारबाट सोचे जस्तो लाभ हुने छैन । समस्या बल्झिने छन् ।