आजको राशिफल : कस्तो रहला तपाईंको दिन ?

समाधान संवाददाता २०७७ साउन ५ गते १:००

विसं २०७७ साल साउन ०५ गते । आइतबार । ईश्वी सन् २०२० जुलाई २० तारिख । नेपाल संवत् ११४० ।

मेषः– कुनै काम गर्नु छ भने समयमा गर्दा राम्रो हुनेछ । साँझपखबाट समयले साथ दिने छैन । कार्य क्षमतामा ह्रास आउनेछ । काममा अनेकन समस्या देखिने छन् । अनावस्यक खर्च बढ्नेछ । व्यापार घट्नेछ ।

वृषः–समयमा क्रमिक सुधार आउने देखिन्छ । विशेष गरेर अपरान्हबाट समय अनुकुल हुनेछ । व्यापार व्यवसायबाट थोरै आम्दानी बढ्नेछ । काम गर्ने जोश जागर बढ्नेछ । लेनदेनमा सुधार आउनेछ ।

Advertisement

मिथुनः– अपरान्ह भन्दा पूर्वान्ह बढि अनुकुल देखिन्छ । समयमा काम सम्पन्न गर्नु उत्तम हुनेछ । साँझपख संचित धन घट्नेछ । आफन्तको झुट्टा आश्वासन पाईनेछ विश्वास नगर्नु होला ।

कर्कटः– समयमा पूर्ण सुधार आज पनि देखिन्न । व्यापार व्यवसायमा आएको मन्दि कायम रहनेछ । समयमा साँझपख थोरै सुधार देखिनेछ । मानसिक तनावमा कमी आउनेछ ।

Advertisement

सिंहः–पूर्वान्हमा गरेका अधिकाँश काम सफल हुनेछन् । अपरान्हबाट समय प्रतिकुल हुनेछ । साँझपख चोटपटकको भय देखिन्छ । अनावस्यक खर्च बढ्नेछ । व्यापार व्यवसायमा मन्दि लाग्नेछ ।

कन्याः– समयले साथ दिनेछ । व्यापारबाट थोरै आम्दानी बढ्नेछ । दैनिक काम काजमा प्रगति हुनेछ । जीवन साथिको सहयोगमा नयाँ काम हुनेछन् । वोलीको भरमा धेरै काम हुनसक्छन् ।

तुलाः– समयमा विस्तारै सुधार आउनेछ । रोकिएका काम अगाडि बढ्ने छन् । मध्यान्ह पछि समयले पूर्ण साथ दिनेछ । संस्थानमा काम गर्ने कर्मचारीको लागि दिन बढि अनुकुल हुनसक्छ ।

वृश्चिकः– समयले त्यति साथ दिने छैन । आफुले सोचे जस्तो काममा प्रगति हुने छैन । काम गर्दा दुविधामा नपर्नु होला । पढाई लेखाईमा अवनति हुनेछ । व्यापार ओरालो लाग्नेछ ।

धनुः– अपरान्हकाल सम्म समय सामान्य अनुकुल देखिन्छ । समयमा काम सम्पन्न गर्नु होला । साँझपख खर्च बढ्नेछ । पारिवारिक सुखमा कमी आउनेछ । काम गर्ने जोश जागर घट्नेछ ।

मकरः– माया मोहमा कुनै काम हुने छनैन,कर्ममा जोड दिनु होला । स्वतन्त्र व्यापार व्यवसायबाट थोरै लाभान्वित हुनु हुनेछ । आफन्तजनबाट सोचे जस्तो सहयोग पाईनेछैन । मिलेर गरेका कामबाट कम लाभ हुनेछ ।

कुम्भः– इच्छा आकाँक्षा बढि हुनेछन् भने परिपूर्ति कम हुने देखिन्छ । थोरै उपलब्धिको लागि पनि धेरै मेहनत गर्नु पर्नेछ । आर्थिक कारोवारमा सजग रहनु होला । काम गर्दा शत्रु लाग्ने देखिन्छ ।

मिनः– अरुको भर नपर्नु होला,सक्रियता बढाउनु होला । घरयासी समस्याबाट फुर्सद मिल्ने छैन । व्यापार व्यवसायबाट थोरै आम्दानी हुनेछ । पढाई लेखाईमा त्यति प्रगति हुने देखिन्न । लगानी नबढाउनु होला ।

—वेदनिधि तिमिल्सिना

राशीफलमा जे जस्तो लेखे पनि तपाईको दिन शुभ रहोस् ।

तपाईको प्रतिक्रिया