बिहिबार, ०७ चैत २०७५
samadhannews
kings

कलियुगी रावणहरु

बुधबार, १८ पुष २०७५

– लामजासम्मको कच्ची बाटो छिटो–छिटो पक्की हुनाको भेद खुल्यो । नयाँ पक्की बाटोमा अनेक चिल्ला कारहरु ताँती लागे । दुलाहाको बाबु चढेको गाडी १८ करोडको हो भन्ने हल्ला फैलियो ।
निर्मला न्यौपाने

‘रामै्र कुरा आ छ छोरी, बिहे गर्नैपर्छ ।’
‘राम्रो कुरा आ छैन बा, बिहे गर्दिनँ ।’
‘जात मिल्छ । धनाढ्य परिवार, केटा ठीकै छ ।’
‘धनसँग, परिवारसँग होइन, केटासँग बिहे गर्न होला । केटा ठीक छ जस्तो मलाई लागेन ।’
‘किन के चर पायौं र ?’
‘के चर पाउनु ! संगत ठीक देखिएको छैन । ड्रङ्कार्डसँगको उठाबसी देखिन्छ । चरित्रहीन केटीहरु लिएर हिँड्ेको देखिन्छ । देख्दादेख्दै भीरमा हाम फाल्ने ? ममा के कमजोरी रह्यो र यसरी धपाउन खोज्ने हुनुहुन्छ ?’
मध्यम किसान परिवारका चन्द्रकान्त खराल आफैं बिएडसम्म पढेका शिक्षक, समाजका सम्मानितै मान्छे हुन् । पञ्चायतकालमा उनका पिता इन्द्रकान्त, गाउँफर्कका अञ्चल प्रमुख थिए अरे । कतिलाई उनले राष्ट्रिय पञ्चायतका सदस्य बनाइदिए अरे । जनयुद्ध चर्किंदै जाँदा राजनीतिसँगै गाउँ छोडेर काठमाडौं गएर बसेछन् । ‘झोंछे होटल एन्ड लज’ चलाएछन् । रक्सी नचल्ने त्यस होटेलमा देशैभरिका भद्र मान्छे आउने हुँदा व्यवसाय राम्रै चलेछ । शान्ति प्रक्रिया सुरु हुँदा बूढा बितेछन् । चन्द्रकान्त शिक्षकबाट निवृत्त भइ गाउँमै बसे । गाउँको विकास निर्माण कार्यमा सबैले पत्याए । विकास बजेट आफूभन्दा तलकाले चाट्दा चन्द्रकान्त आफूले लोभ गर्दैनथे । सबैका प्रिय थिए । एकजना छोरा डिभी परेर अमेरिका बस्छ । छोरी शशिले भर्खरै एलएलबी गरेकी थिई । पुष्पनाथ शर्माले आफ्नो छोरो दिलनाथका लागि शशि मागेछन् । बाबुछोरीको मत मिलेन ।
मंसिरको महिना दसैं, तिहार जस्ता चाड सकिए । धान थन्क्याउने बेला । रमाइलो याम । लामजा गाउँमा दिलनाथ सहरबाट दुलाहा भइ आए । देशकै कहलिएका उद्योगपति पुष्पनाथ शर्माको छोराको बिहे । हजार जनाभन्दा बढीकै संख्यामा ठूलाबडाहरु जन्ती आए । गण्डकीको कुनो लामजाले देशैभरि चर्चा पायो । लामजासम्मको कच्ची बाटो छिटो–छिटो पक्की हुनाको भेद खुल्यो । नयाँ पक्की बाटोमा अनेक चिल्ला कारहरु ताँती लागे । दुलाहाको बाबु चढेको गाडी १८ करोडको हो भन्ने हल्ला फैलियो । प्रदेशका ३ ठाउँमा र काठमाडौंमा समेत भव्य भोजभतेर भए ।
लामजामा बिहेको भव्यताको चर्चा सेलाइसकेको थिएन, दिलनाथ र शशिको मनमुटावको हल्ला फैलियो । हल्लाहरु कसरी फैलिन्छन् थाहा हुँदैन । हल्ला चाहिँ फैलिन्छ ।
‘पारसको बिहेमा प्रसाँइलाई वाइसिएलले कावार्वही गर्दा शशि पनि थिई अरे !’
‘प्रसाइँलाई पुलिसकहाँ बुझाउँदा शशिले मुख्य भूमिका खेलेकी थिई अरे । त्यही इवी साँध्न पारसले उसको साथी दिलनाथलाई प्रयोग गरेकाले सुहाग रातकै बेला शशिमाथि घोर दुव्यवहार भयो अरे !’
भव्य भवनको अति भव्य कोठा ।
शशि नव दुलहीको परिधानमा अनन्त कल्पनाको उडानमा हुन्छे । रात छिप्पिँदै जान्छ । शशि भव्य पलङ्मा हाइहाई गर्छे । निदाउन सक्दिन । पर्खाइ हुन्छ, के को पर्खाइ हो आफै बुझ्दिन । मध्यरात टर्दै जाँदा ह्वास्स रक्सीको दुर्गन्ध भिœयाउँदै दिलनाथ कोठाभित्र प्रवेश गर्छ । जुत्तासितै डङ्रङ्ग ओछ्यानमा पल्टिन्छ । शशि थोरै परसर्छे । भनन्न घर घुम्छ ।
‘शशि म्याडम हिन्दी फिल्म कति हेर्नु भाछ ?’
‘२÷४ वटा हेरेकी छु ।’
‘गाई और गोरी हेर्नु भा छ ?’
‘छैन ।’
‘सहरको अनाढ्य शत्रुघन सिन्हासँग गाउँकी गोरीले जोरी खोज्छे । सफल नाटकको ट्रयापमा पारेर शत्रुले गोरीसित बिहे गर्छ र बदला लिन्छ । मैले त्यही गरेको हुँ । शशि, मलाई तिमीसँग बदला लिनु छ । मंगनीको बेला तिमीले मलाई निकै लाञ्छना लगाइछौ । आज सजाय भुक्तान गर । भोलिदेखि हाम्रो मेलमिलाप हुन पनि सक्छ ।’ दिलनाथको जिब्रो बटारिएको थियो । शशि अवाक् भइ ।
‘हेलो म्यान्, यु कम टु माइ रुम् इमिडेट्ली !’ दिलनाथ मोबाइलमा बोल्यो । शशिलाई भन्यो, ‘शशि तिमी मेरो जुत्तामोजा खोल, कपडा उतार !’
‘दिल, म तपाईंकी श्रीमती हुन आएकी हूँ, दासी हुन होइन ।’
‘डन्ट टक् अ लट… यू नन्ससेन्स लेडी ! जोइपोइको एकान्तमा राजनीतिक भाषण होइन । भाषण गर्न म पनि जान्दछु । भाषणवीरकै छोरो हुँ बुझिस् ?’ दिलको पछिल्लो डाँको चर्को थियो ।
‘ह्वाट् इज ह्यापनिङ् हियर ?’ एकजना मत्थु मान्छे कोठाभित्र छि¥यो र झ्याप्पै शशिलाई अगाडिबाट अंगालो हाल्यो । शशिले दुवै हातले ठेली, ऊ अलिपर हुत्तियो । ऊ सम्हालिएर नजिकैको सोफामा बस्यो ।
‘दिल तिमीले यो आइमाइलाई सम्झाएको छैनौ ?’
दिल उठ्यो र अर्को सोफामा बस्यो ।
‘शशि, यु लिस्सन् । दिस् खड्गी इज माइ बेस्ट फ्रेन्ड । हि इज फ्रम रौतहट । हामीले पहाड र मधेसलाई मिलाउनुपर्छ । राष्ट्रपति–पूर्वराष्ट्रपतिले देशको भलाईका लागि सम्बन्ध सुधार गरेका हुन् । हामी हाई क्लासका सिटिजनबीच पनि गुड रिलेसन हुनुपर्छ । मैले र उसले कक्षा ९ मा पढ्दा प्रोमिस गरेका थियौं । जसले अगाडि बिहे गरे पनि साथीले सुहागरात मनाउने । म आफ्नो बाचाकसम पूरा गर्छु । तिमी ढुक्कले उसँग सुत, इन्जोई गर । मेरो प्रिजेन्सले तिमीलाई अप्ठ्यारो हुन्छ यदि भने आइ विल गो आउट…!’
‘तपाईंहरु दुवैजना तुरुन्त बाहिर जानुहोस् नत्र यहाँ धेरै अप्रिय घटना हुन सक्छ ।’
शशिको बोली नटुङ्गिंदै दिल जोडले चिच्यायो, ‘चुप, बिल्कुल चुप ! यहाँ तेरो बाउको कुनै दाल गल्दैन ।’ ऊ फेरि खड्गीतिर फर्कियो, ‘यु हब्सी, अट्याक् एन्ड डु योर बिजिनेस…!’
‘शशिले टेबुलको फूलदानी च्याप्प समातेर लडाइँको पोजिसन लिई । खड्गीले ज्याकेटको भित्री खल्तीबाट फुत्तै पिस्तोल झिकेर सोझ्यायो ।
‘यसबाट तँ जस्ती केही चट् भइसकेका छन्, मूर्ख आइमाई ! तँ मलाई खुरुक्क सुता त्यसैमा तेरो कल्याण छ ।’
शशि थरर्र कामी ।
चितुवा झैं उफ्रेर दिलले शशिलाई पल्टायो । दुवै हात पछाडि लगेर अँठ्यायो । शशि निरीह भई । माथिको दाँतले तल्लो ओंठ जोडले टोकी ।
‘छोडदेऊ दिल, सि क्यान डु नथिङ् एगेन्स्ट अस् । लेट हर फ्रि । म शशिलाई बलात्कार होइन, सत्कार गर्न चाहन्छु । ऊ निर्मला भएर मर्नु हुँदैन, शशि भएर बाँच्नुपर्छ । शशि, समभोग भनेको बराबरीको यौन खेल हो । यु आर अ क्वालिफाइड लेडी, प्लिज ट्राइ टु अन्डस्टयान्ड ! लेट्स प्ले दि गेम अफ लभ । इन्फ्याक्ट यु आर भेरी ब्युटिफुल । आइ लभ यु ।’
‘ह्वाट् आर यु सेइङ् यु सिल्ली ? यो बातको मान्छे मान्छे होइन, लातको मान्छे हो …!’ दिलले उसको क्रुरता देखायो ।
‘कोल्ड डाउन म्यान, निर्मलाले सेक्स बुझेकी थिइन् र बेकुफी देखाइ । शशिलाई सेक्स पक्कै थाहा छ । आज हामी उसलाई छोड्न सक्छौं । सल्लाहले हुने कुरालाई किन हल्ला मच्चाउने ? भोलि पनि शशि सल्लाहमा आउँदिन भने कहाँ जाली मछली मेरै ढडिया ! एकदम मैत्रीपूर्ण हिसाबले म उसलाई सेटिस्फेक्सन दिन्छु । लेट् हर स्लिप नाऊ । लेट्स मुभ् ।’
दिल चुपचाप उठ्यो र खड्गीको पछि लाग्यो । ती ढोकाबाट बाहिरिए । फेरि फर्केर ढोका छेउमै उभिएर दिलले भन्यो, ‘शशि, हामी सत्ययुगी रावण होइनौं, कलियुगी रावण हौं । रावणले सीतालाई कुनै पनि बेला चखु¥याउन सक्थ्यो तर उसले त्यस्तो गरेन । तिमी नौटंकी नगर, या त भोलि खड्गीसँग रिल्याक्स गर या हामी सहसम्भोग गरौं । बाई !’
शशिले ठूलो राहत पाई । एक छिन चाल बुझेर ढोका बाहिर आई । तुरुन्तै फर्की । बिहेको साडीचोली उतारी । सर्टपाइन्ट लगाई । चुरापोते झिकेर सिरानीमुनी राखी । बाथरुममा गएर साबुनले सिन्दुर पखाली ।
पोखराको टुँडीखेल काटेर याम्दी पुल तर्ने ठाउँको एकान्तमा शशि प्राय डराउँथी । बलात्कार पछि हत्यामा परेका प्रेतहरु यहाँ चिच्याउँछन् भन्ने अनेक कथा उसले सुनेकी थिई । आज ट्याक्सीले याम्दी काटेर मिलनचोक आउँदा मात्रै उसले वास्तविकता बोध गरी । बाहिर चिसो सिरेटो चलिरहेको थियो । शशिले घडी हेरी, बिहानको ठ्याक्कै ४ बजेको थियो । अब २ घन्टापछि लामजा पुगिन्थ्यो । शशि पूुरै होस्मा आई । आफ्नै बासँग चित्त दुखाई ।
‘वरिष्ठ अधिवक्ता ज्ञानेन्द्र थापालाई फोन गरें छोरी ! भोलि नै हामी उसलाई भेटौं र डिभोर्स पेपर तयार गरौं ।’
छोरीको मार्मिक कथा सुनेपछि चन्द्रकान्त खरालले शशिलाई भने ।
‘किन डिभोर्स गर्नुप¥यो र बा ! बिहेको भोलिपल्टै मैले डिभोर्सको प्रक्रिया चलाउँदा तपाईंको इज्जत कहाँ पुग्ला ?’
‘हँ ?’ चन्द्रकान्त चकित परे ।
‘मलाई पो पोइ मन परेन, तपाईंलाई त ज्वाइँ मन परेकै हो । ठूलो मान्छेलाई सम्धि भन्न पाउनु भा’छ !’
चन्द्रकान्तको मुटुमा भक्कानु प¥यो । आँखाभरि आँसु भरियो । शशिकी आमा भान्छामा गएर ह्वाँ–ह्वाँ रोइन् । घरका काम गर्ने मान्छे गणतन्त्रकालका ठूला देखेर छक्क परे ।
‘डिभोर्स त गर्दै जाति होला नि छोरी ?’ आँखाको आँसु आँखामै लुकाएर चन्द्रकान्तले सोधे ।
‘तपाईं हिन्दू संस्कारमा डिभोर्स हुँदैन भन्नु हुन्थ्यो ?’
‘अब डाइनाको ताल गर्ने । पुष्पसँग सम्पत्ति लिएर डिभोर्स गरेर बस्ने …!’
‘नो…., सम्पत्ति मेरो सन्तानले लिन्छ ।’
चन्द्रकान्तले यो उल्झन बुझेन ।
‘मलाई लोग्ने होइन, लोग्नेमान्छे भए पुग्छ… स्मिताले भनी भन्ने पढेकी थिएँ । बा, म मेरै एकलौटी अधिकारको छोरो पाउँछु । कलियुगी रावणको थाप्लोमा बाबुको भार थोपर्छु । मेरो संकल्प छ– म कलियुगी रावणहरुलाई ठीक गर्न सक्छु !’

सम्बन्धित खबर