मङ्गलबार, १० असार २०७६
samadhannews
e planet education.

फोहोरको मूल्य

बुधबार, १८ पुष २०७५
160 पटक पढिएको

– घरमालिक, भाडामा बस्ने, सबै नागरिक, विद्यालय व्यवस्थापन, कर्मचारी, सुरक्षाकर्मी सबैमा सरसफाईको महत्व र चेतना दिन जरुरी छ ।
धनबहादुर नेपाली

आवश्यक वस्तुका टुक्रा, कप्टेरा भाग, मसिना वस्तु, सडेगलेका, गन्ध आउने झट्ट प्रयोग हुन नसकेको वस्तु नै फोहोर हो । तत्काल आवश्यक नदेखिएका, उपयोग गर्न नजानिएका, सामान्य सजिलै पुनप्रयोगमा ल्याउन नसकिएका वस्तु पनि फोहोरमा नै गनिन्छन् । वस्तुको कलात्मक पुनप्रयोगको ज्ञान नहुँदा, पुनप्रयोग गरे ती वस्तुलाई अर्को रुप वा आम्दानीको स्रोत बनाउन नसकिएका वस्तु पनि फोहोर नै सावित भएका छन् ।
एक बेला फोहोर र त्यसको प्रदुषण बारे हामीलाई जानकारी भएन । अहिले फोहोर बारे, फोहोर गर्न नहुने बारे चेतना तिव्रतर पलाउँदै छ । यद्यपि व्यवहारमा फोहोर नगर्ने, फोहोर छुट्टयाउने र फोहोरलाई आयस्रोतमा बदल्ने क्षमता वा फोहोरलाई मोहर हामीले बनाउन नसकेको अवस्था छ ।
हामाी फोहोरका कारण वातावरण र व्यक्तिगत जीवनमा पर्ने दुष्प्रयास बुझ्न र बुझाउन सक्ने भएका छौ । खुला समाज, सञ्चार प्रविधिको विकास, श्रव्यदृश्य साधनको विकासले नवचेतना वृद्वि भएको छ । त्यसो हुँदाहँुदै पनि नागरिक तह, सरकारी, गैर सरकारी तह, संघसंस्था तहमा सरसफाई बारे परिपक्कता आउन सकेको छैन ।
माटो, बालुवा, ढुंगा, इट्टाका कण, पतकर, धुलोका कणको संग्रहित रुप फोहोरको अर्को रुप हो । जसबाट आँखा, स्वासप्रस्वास, फोक्सो, छातीमा खराब असर पर्न सक्छ । धूलोको कारण सवारी दुर्घटना पनि हुन सक्छ । सडेगलेका, काँचो फलफूल, त्यसका फूल, पात, डाँठ र जरा पनि फोहोरका प्रकार हुन् । केही समय सड्न लागे पनि उचित व्यवस्थापन गर्न नसक्दा त्यसको दुषित वातावरणबाट आक्रान्त हुनुपर्ने कारण पनि हुन्छन् । फोहोरको अर्को मुख्य स्रोत, लत्ता कपडा पनि हो । कच्चापदार्थ बनाउने उद्योग आएकोले फोहोर व्यवस्थापनसँगै पुनप्रयोग हुन सक्ने परिस्थिति बनेको छ ।
जनसख्याको चाप, बढ्दो सहरीकरण, उद्योग कलकारखानाबाट निस्कने प्लास्टिकजन्य फोहोरको मात्रा बढी छ । यसबाट सिर्जने समस्या जटिल छ । मेडिकल अस्पतालबाट निस्केको, उद्योग कलकारखानाबाट निस्कने रासायनिक पदार्थ, इट्ट भट्टिबाट निस्कने धुवाले वातावरण प्रदुषणमा प्रमुख भूमिका खेलेको छ । जुठेल्नोको फोहोर पानी भान्साबाट निस्कने, बाथरुमबाट निस्कने साबुनको फोहोर पानी, फलफूलजन्य बोक्रा, तरकारी जन्यफोहोरको अर्को ठूलो स्रोत हुन् । ती वस्तुलाई कुहाएर प्रांगारिक मल बनाएर खेतीबारी मल बनाउन सकिन्छ ।
स्लाइन पानी बग्ने पाइपबाट तालाचाबी राख्ने किरिङ बनाउन सकिन्छ । गाडीका पुराना टायर काटेर रंग लगाएर गमलाको रुप दिन सकिन्छ । मिनरल वाटरको बोतललाई काटेर सिजनल फूल रोप्न सकिन्छ । स–साना काठका टुक्रालाई आर्कषक चरा, माछाका आकारमा बिक्रीजन्य वस्तु बनाउन सकिन्छ ।
फोहोरलाई सार्वजनिक स्थलमा देखाएर वा पोको पारेर राख्ने, बिजुली, टेलिफोनको पोलमा, ट्रिगार्डमा बोरामा झुन्डाएर राख्ने काम राम्रो होइन । त्यसले दृश्य प्रदुषण र गाईवस्तु र पंक्षीले पुन फोहोर छिरलिन सक्छ । घरभित्रको फोहोरलाई घरभित्र व्यवस्थापन गर्ने, फोहोरलाई सफा गर्ने, गाडी आएपछि मात्र फोहोर निकाल्ने, प्लास्टिकजन्य फोहोरलाई नडढाउने जस्ता विषयमा व्यापक सचेतना बढाउनुपर्छ । फोहोर व्यवस्थापनमा मानवशक्ति बढाउने र उच्च प्रविधि भिœयाएर कम समयमा धरै सफा गर्ने परिस्थिति बनाउन जरुरी छ । लुकेर, झुक्याएर व्यक्तिका घरआँगनमा फोहोर गर्ने व्यक्ति, संस्था, उद्योगलाई कडा निगरानी र दण्डको व्यवस्थामा ल्याउनुपर्ने आवश्यकता छ । सफाइकार्डलाई सबै घरमा अनिवार्य गराउनुपर्छ ।
स्वस्थ जनशक्तिले मात्रविकास र समृद्विको बाटो पहिल्याउन सक्छन् भन्ने विश्वास बढाएर सरसफाई कार्यक्रमलाई निरन्तरता दिँदै समाजका टोल संस्था, आमा समूह, क्लब र कल्याणकारी संस्थालाई परिचालन गराइ अघि बढनु हाम्रो कर्तव्य हो । घरमालिक, भाडामा बस्ने, सबै नागरिक, विद्यालय व्यवस्थापन, कर्मचारी, सुरक्षाकर्मी सबैमा सरसफाईको महत्व र चेतना दिन जरुरी छ ।
धुलो उठाउने आधुनिक वुमर मेसिन वातावरण प्रदुषणमापन गर्ने यन्त्र जडान गरेर प्रदुषणको अवस्था जाँच्नु जरुरी छ । सफा, स्वच्छ वातारणको सुनिश्चितता हामी सबैको प्रतिवद्वता हुनुपर्छ । यसो गर्नसके मात्र हामी हाम्रो पहिचान सरसफाई र स्वच्छतासँग गाँस्दै दिर्घायुसँग जोडिन सक्छ ।
नेपाली वडा– ५ का अध्यक्ष हुन् ।

सम्बन्धित खबर