शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

चराङबासीले हिउँ पन्छ्याएर सडक ट्रयाक खोले

बुधबार, २३ माघ २०७५

सुन्दरकुमार थकाली, मुस्ताङ

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउपालिका वडा नम्बर ५ मा पर्ने चराङ खोला देखि चराङ गाउ सम्म थुप्रिएको करिव ३ किलोमिटर सडकको हिउँ सफागरी ट्र्याक खुल्ला गरिएको छ ।

गाउपालिकाका वडाअध्यक्ष टसी ढुन्डुक गुरुङको अगुवाईमा करिव ४० जना गाउलेहरुको सहभागितमा लामो समय देखि थुप्रिएको २ फिट बढी हिउँ बुधबार पन्छ्याएकाे हो । हिउँ पन्छ्याउँदै उपल्लो मुस्ताङ जाने ठुला मालवाहक ट्रकहरुलाई दोहोरो आवतजावतमा सहज भएको वडाअध्यक्ष गुरुङले जानकारी दिए । उक्त बाटो उपल्लो मुस्ताङको छोटो दुरीको बैकल्पिक सडक भएको उनले बताए । हिउँ सफा भएपछि अहिले ट्र्याक खुल्ला भएको र हिउँदको जाडो छल्न बेशी झरेका गाउलेलाई गाउ फर्कन सहज भएको उनले जानकारी दिए ।


हिउदयाममा बेशी झरेका उपल्लो मुस्ताङबासीहरु बिस्तार गाउ फर्कने समय सुरु भएको छ । जिल्लामा परेको हिमपातको असलले उपल्लो मुस्ताङको पुरै यातायात सेवा ठप्प बनेको थियो । गाउँ फर्कने समयमा हिउकै कारण गन्तब्यमा पुग्न नसक्ने भएपछि चराङबासी हिउ पन्छ्याउन जुटेको वडाअध्यक्ष गुरुङको भनाई छ । उनका अनुसार प्रत्येक घरधुरीले साबेल,कोदालो, आदीले लिएर हिउँ सफा गरेका हुन्।

हिउँदे समय उपल्लो मुस्ताङका स्थानीय बिभिन्न ब्यापार ब्यवसाय तथा घुमफिरमा जिल्ला बाहिरिने परम्परा छ । बिस्तारै गर्मीयाम सुरुभएपछि खाद्यान्नको जोहो गर्दै गाउ फर्कन्छन्। जिल्ला यातायात सेवा सहज भएपछि पोखराबाटै ट्रक चढेर गाउ पुग्छन्।


यसअघि हिउकै कारण चराङ खोला देखि चराङ गाउ सम्म मालवाहक ट्रक पुग्न नसकेको वडा अध्यक्ष गुरुङले बताए । उपल्लो मुस्ताङ जाने सवारी वारागुङ मुक्तिक्षेत्र गाउपालिकाको छुसाङ गेट हुँदै चराङ निस्कन्छ ।यस्तै छुसाङ देखि लोमान्थाङ जाने हलुका सवारीहरु भने समर घमी हुदै चराङ पुग्छन्। तर,हलुका सवारीका लागि भने हिउले प्रभावित भएको छ । समर लगायत दर्जनौ स्थानमा बाक्लो हिउ जमेकाले चैत्र महिनामा मात्र सार्वजनिक हलुका सवारी चल्ने उपल्लो मुस्ताङका जीप ब्यवसायी समितिका अध्यक्ष देव गुरुङले जानकारी दिए


उपल्लो मुस्ताङमा चल्ने सार्वजनिक सवारी साधनहरु पु अगावै बन्द भएका थिए ।पर्यटक पनि नआउने र सडक समेत हिउँ अवरुद्ध हुने भएपछि यातायात बन्द गरिएको अध्यक्ष गुरुङले बताए ।उनका अनुसार उपल्लो मुस्ताङमा करिव २५ वटा जीप संञ्चालनमा रहेको खुलाए ।

सम्बन्धित खबर