बुधबार, ११ बैशाख २०७६
samadhannews
ntc

विपन्नलाई न्यानो कपडा

सोमबार, २८ माघ २०७५
2 पटक पढिएको

गोर्खा जिल्लाको बिपन्न बस्ती भिमसेन थापा गाउपालिका वडा न ४ मा पोखराको नारी जागरण अभियान ले ५० थान कम्बल वितरण गरेको छ । पोखराबाट गएका अभियन्ताहरुले जाडो समयलाई लक्षित गरेर गरिब परिवारलाई कम्बल वितरण गरेका हुन । सोही वडाले बृद्दा, अपाङ्ग ा तथा सहिद परिवारलाई सम्मना कार्यक्रम आयोजना गरेको थियो । सोही कार्यक्रममा कम्बल वितरण गरिएको हो ।


सम्मान कार्यक्रमको उदघाटन गण्डकी प्रदेश भौतिक पुर्बधार मन्त्री रामशरण बस्नेतले गरेका थिए भने कम्बल हस्तान्तरण उपसभामुख सृजना शर्मा, शिर्जना शर्माले गरेकी थिइन ।


कार्यक्रममा ५, सय बढी उपस्थित रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री बस्नेतले आफ्नो क्षेत्रको विकासमा सक्दो प्रयत्न गर्ने बताए । त्यस्तै उपसभामुख शर्माले आफुलाई भोट दिई गण्डकी परदेश कै जनताले उपा सभामुख बनाएको स्मरण गर्दै जनताको गुन कहिले नभुल्ने बताइन । नारी जागरण अभियानकी संयोजक अन्जु केसीले वडा तथा गाउँ पालिकाले महिला लाई अर्थिक सामाजिक र राजनीतिक स्तरमानै अगाडी बढाउन बढी जोड दिनु पर्ने बताइन्

सम्बन्धित खबर