शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

कास्कीले तत्काल अर्को रवीन्द्र पाउँदैन

मङ्गलबार, २१ फागुन २०७५

देवराज चालिसे

मेरो पहिलो भेट रवीन्द्र अधिकारीसँग ०४३-४४ तिर भएको थियो । पृथ्वीनारायण क्याम्पसमा रवीन्द्र पढ्दा म त्यहाँ प्राध्यापन गर्थे । तर मैले प्रत्यक्ष अधिकारीलाई भने पढाइन् । अधिकारी पिएन क्याम्पसमा विद्यार्थी राजनीतिमा क्रियाशील थिए । मैले क्याम्पस छोड्ने, अधिकारी आउने यहीं बीच अधिकारी अखिलको राजनीतिमा क्रियाशील थिए । मैले अखिलको राजनीतिमा क्रियाशील भएका साथीहरु मध्ये अधिकारी मेरो नोटिसमा थिए । विद्यार्थी राजनीतिबाट केन्द्रीय राजनीतिमा प्रवेश पाएका उनीले गत निर्वाचनमा मसँग प्रतिस्पर्धा गरे ।

गुरु–चेलाभन्दा पनि राजनीतिक कार्यकर्ताको रुपमा अधिकारीसँग मेरो धनिष्टता थियो । अधिकारी फरक पार्टी, विचार भएता पनि विचारको विनमय गर्ने प्रक्रियामा कतिपय कुरामा बहस गर्न रुचि राख्थे । गुरु र चेलाको सम्बन्ध २ फरक पार्टी हुँदै चुनावी प्रतिस्पर्धामा पुगेका थियौं । वामगठबन्धनबाट अधिकारी उम्मेदवारमा उठेका थिए मलाई भने कांग्रेसले चुनावी मैदानमा उतारेको थियो । कास्की २ बाट अधिकारी विजयी भए । म पराजित भए । अधिकारीसँग प्रतिस्पर्धा गर्नकै लागि मैले १७ वर्षे प्राध्यापन पेसा त्यागेको थिए ।

म अधिकारीलाई दुरदर्शी नेताकारुम रुपमा स्मरण गर्छु । हामी चुनावमा पार्टी÷पार्टीबीच प्रतिस्पर्धा ग¥यौ । व्यक्तिगत प्रतिस्पर्धा गरेनौं । पार्टी फरक भए पनि व्यक्तिगत सम्बन्ध सधैं हार्दिक थियो उनको र मेरो । हाम्रो प्रतिस्पर्धा चुनावमा रहेपनि हामीबीच प्रतिद्धन्द्धता थिएन । अधिकारीसँग मेरो सधैं मित्रवत सम्बन्ध थियो । मित्रवत प्रतिस्पर्धाले सकारात्मक संस्कारको विकास गर्‍यो । राजनीति बुझेको व्यक्तिमा हार्दिकता र सरलता हुनेगर्छ, त्यो गुण अधिकारीमा देखेको थिएँ । चुनावी प्रतिस्पर्धाका क्रममा कतिपय उम्मेदवारले एक अर्काले आक्षेप लगाउने गलत परम्परा प्रचलनमा छ । तर हामीबीच सौहार्द प्रतिस्पर्धा भयो । गाली–गलौज र तथ्यहिन आरोप–प्रत्यारोप भएन । चुनावी प्रतिस्पर्धाका क्रममा कुनै कटुता भएन ।

प्रचारप्रसारकै क्रममा अधिकारीसँग पटकौं भेट हुन्थ्यो हाम्रो । त्यतिबेला हामी २ प्रतिस्पर्धीले फेवातालबाटै सञ्चारमाध्यमलाई सँगै अन्तर्वार्ता पनि दिएका थियौं । स्थानीय एफएम र टेलिभिजनमा हामीले एकसाथ अन्तर्वार्ता पनि दिएका छौं । घरदैलो अभियानमा पनि हाम्रो दर्जनौं भेट भइरहन्थ्यो । हामीमा चुनावी प्रतिस्पर्धी भएता पनि चुनाव सकिएसँगै हामीबीचको मित्रवत् व्यवहार उतिकै थियो । उनी मन्त्री भइसकेपछि विकासका कार्यमा आवश्यक छलफल हुने गथ्र्यो । समग्र पोखराको विकासको बारेमा हाम्रो ‘कमन धारणा’ थियो । पार्टी भन्दा माथि उठ्नुपर्छ, कास्की बनाउनुपर्छ भन्ने थियो ।

द्वन्द्वले होइन संवादले प्रत्येक समस्याको समाधान ल्याउँछ । युद्धबाट समाधान छैन । कतिपय असहमतिका बुँदाहरु पनि सहमतिमा टुंग्याउने शैली र सोच भएका मान्छे हरेक पार्टीमा भयो भने राजनीतिक द्वन्द्व कम हुन्छ । कतिपय अवस्थामा मुद्दाहरु राजनीतिभन्दा माथि हुन्छन् । दलहरुका आफ्ना स्वार्थ हुन्छन् । कतिपय अवस्थामा दलहरुभन्दा माथिका मुद्दाहरु हुन्छन् तर दलहरुभन्दा माथि उठ्ने मान्छेमा बानी, शैली र संस्कार हुन आवश्यक छ । तर अफसोच ! देशमा यसको अभाव देखिएको छ । यसले देशलाई द्वन्द्वमा लैजान्छ । त्यस्तो भावनाबाट जो नेता मुक्त छ, त्यसैबाट परिवर्तन सम्भावना हुन्छ ।

पार्टीको आफ्नो रणनीति हुन्छ, लक्ष्य हुन्छ । त्यो लक्ष्यलाई प्राप्त गर्ने रणनीतिका बारेमा आ–आफ्नो शैली र मान्यताहरु हुन्छन् । त्यसमा रवीन्द्र मसँग जतिपनि भेटघाटहरु हुन्थ्यो, एउटै मञ्चमा एउटै कार्यक्रममा हामी भेट हुँदा पनि राजनीतिभन्दा पृथक ढंगका हुन्थे । पृथक ढंगका कार्यक्रमहरुमा हाम्रो दृष्टिकोणको अन्तर हुँदैन्थ्यो । अबको जनतमा भावना जनतको माग, विकासको चासो त्यो एउटै हुन्छन् । त्यो एउटै भएको दृष्टिकोणमा भिन्न धारणा राख्नुपर्ने आवश्यकता छैन । कतिपय मुद्दाहरुको प्रभावकारीता समस्याको उठानको तरिकाहरु आफ्नै तरिकाको हुन् सक्छन् । तर समाधान, लक्ष्यमा कुनै अन्तर नभएपछि त्यस्ता मुद्दाहरुमा हाम्रो भिन्न मत देखिँदैन्थ्यो ।

आ–आफ्नो पार्टी बलियो बनाउने पार्टी भित्रका कुराहरुमा, विवादको विषयमा, राजनीतिक अन्तरपार्टीको कुरा हुँदा पनि आफ्नो पार्टीमा रवीन्द्र सुधारका कुराहरु र असन्तुष्टिका कुरा समग्र राजनीतिलाई परिदृश्यलाई विश्लेषण गर्ने, हेर्ने क्रममा हाम्रो पार्टी पनि समस्या छ, उनको पार्टीमा पनि समस्या छ । यो सामाजिक समस्या हो, समग्र राष्ट्रको समस्या हो । ती कुराहरुलाई विश्लेषण गर्दा एउटैखाले दृष्टिकोण बन्थ्यो । सो दृष्टिकोण मैले कुनै अन्तर महसुस गर्दैन्थे ।

पहिलो संविधान सभामा पनि म उम्मेदवार पार्टी भित्रबात थिए तर औपचारिक पार्टी अर्कोलाई निर्णय गरियो । त्यसबेला पनि दाइ तपाईंको के हुन्छ ? लड्ने हो कि होइन ? भनेर सोध्थे रवीन्द्र । यसअघि पनि अघिल्लो चरणमा के–कस्तो छ अवस्था सोधखोज गरिरहन्थे । पछिल्लो चुनावमा दुवैजना भिड्नुपर्ने अवस्था थियो । दुवैजना एउटै चुनाव क्षेत्रमा लडियो पनि । तर त्यो चुनावमा प्रतिद्वन्द्विता थिएन । प्रतिस्पर्धा मात्र थियो । र मित्रवत् प्रतिस्पर्धा हामीले ग¥यौं । पार्टीको आन्तरिक कुरा हुन् या राजनीतिक सिद्धान्तका कुरा फरक हुने नै भए । त्यो १ व्यक्तिले गर्ने कुरा भएन । १ व्यक्तिको सोचले समग्र पार्टीमा परिवर्तन आउने भएन । तर विकासका कुरामा हामी दुवैमा कुनै भिन्नता थिएन ।

अधिकारी र मबीच राजनीतिक बाहेक व्यक्तिगत र पारिवारिक गफसमेत हुन्थ्यो । टाढा कै होस् तर इष्टमित्रपर्नु हुन्छ । जहाँ जहाँ मेरा नातागोता हुन्थे त्यहाँ अधिकारीको नाता जोडिएको हुन्थ्यो । सामाजिक सांस्कृतिक संरचनाले पनि हामीलाई बाँधेको थियो । समकालीन एमालेको राजनीति भित्रमा रवीन्द्र अधिकारी एउटा स्थापित व्यक्तित्व हो । अहिलेको परिस्थितिमा एमालेको सरकार विशेष गरी कम्युनिस्ट सरकार भएको अवस्थामा अधिकारी मन्त्री भएको कारणले यो सरकारले नेतृत्व लिने सरकारमा प्रवेश गर्ने, स्थापित हुने प्रक्रियामा राम्रो मन्त्रालयमा काम गर्न सक्ने नेता गुमाएको छ ।

विषेश गरी पोखराको परिचय आफैंमा पर्यटकीय क्षेत्र हो । नेपाल आफैंमा पर्यटकीय देश हो । यसमा त्यो मन्त्रालयका चुनौतीहरु गर्न सक्ने सम्भावनाहरु धेरै नै रहेको मन्त्रालय हो । विशेष गरी हाम्रो आन्तरिक जिडिपीमा अरु देशको जस्तै पर्यटन कै माध्यमबाट २५र्‍३० प्रतिशत पुर्‍याउन सक्ने सम्भावना बोकेको देश हो । त्यसले गर्दा मन्त्रालयको योजनाहरु पनि समग्र देशलाई हेरेर विकास गर्ने ठाउँमा रवीन्द्र पुगेका थिए । कति प्रयास पनि गरेका होलान् । नीतिगत रुपमा मन्त्रालयको नेतृत्व गर्ने अवसर पाएको अवस्थामा पोखराका बाँकी सभासद्हरुले पाउँलान्–नपाउँलान् त्यो अर्को कुरा हो ।

विशेष गरेर राजनीतिमा क्रियाशील, जुझारु लगभग ४९ वर्र्र्षे मान्छेको दुखद अवसानबाट सबै सम्भावनाहरुको पनि अन्त्य भयो । विशेष गरी एमालेको भित्रबाट यसको क्षतिपूर्ति होला त्यो प्रतिक्षाको विषय छ । निर्वाचन प्रणाली हो । विकासका दृष्टिकोण र कार्यक्रमहरु हुन् । त्यो सोच र शैलीका साथ पोखराको समग्र विकासलाई दृष्टिकोण बनाएर त्यो ऊर्जाशील व्यक्तित्व र क्षमता बनाएर प्रदर्शन गर्ने सक्ने सम्भावना अरुमा पनि छ । त्यो मौका र भूमिकाको कुरा हो तर त्यो क्षमतालाई उजागर गर्ने वातावरण, मौका र भूमिका मान्छे छ कि छैन भन्ने अहम् प्रश्न हो । यी सबै भूमिकामा अधिकारी भएको हुनाले कतिपय कुरामा ती सार्वजनिक हुन्छन् । भूमिका नै नभएको मान्छेबाट दृष्टिकोणमात्र बन्छ । दृष्टिकोण र कार्यान्वयनको बीचमा अन्तर हुन्छ ।

योजना एकै दिन एकै चोटि आउने होइन । ठूूल्ठूला महत्वका योजनाहरु १० वर्ष अघिका पाइमलाइनमा भएका हुन् । विमानस्थलहरु पनि एकै वर्षमा भएका कुरा होइनन् । सरकार व्यक्ति होइन संस्था हो । मन्त्री भनेको संस्था हो । संस्थाले ती सबै जिम्मेवारी लिएर क्रमिक अगाडि बढाउनुपर्छ । विकासका कुराहरुलाई कहिलेकाही नेतृत्वले पनि तलमाथि पार्छ । प्राथमिकता फरकपार्न सक्छ । त्यसमा सोचले, आधारले प्राथमिकता राख्छ कि कुन पहिला हो । अभाव र आवश्यकताबीचमा पहिलो प्राथमिकता कुन हो त्यो चाहिँ नेतृत्वको छनोट गर्ने कौशलतामा निर्भर गर्छ । विशेषगरेर अन्तराषर््िट्रय विमानस्थलका कुराहरु ती सबै क्रमिक रुपमा पाइपलाइनमा छन् । ती धेरै वर्ष अघिदेखिका योजनाहरु हुन् । ती योजनाहरु चाडोभन्दा चाडो देशको स्रोत र साधन अनुसार ती परिस्थितिहरु सम्पन्न हुँदै जानेछन् । र बाँकी अधिकारीले आफ्नो मन्त्रालय अन्तर्गत नीतिगत कति निर्णयहरु गरेका छन् त्यो निर्णयहरु भविष्यमा कार्यान्वयन गर्दै लैजानुपर्छ । र त्यो देशका लागि आवश्यक पनि छ ।

अधिकारीकै उचाईको नेता कास्कीले प्राप्त गर्न अझै समय लाग्ने छ । अधिकारीको निधनले राष्ट्र र कास्की जिल्लाका लागि अपूरणीय क्षति भएको छ । मैले अधिकारी जस्तो असल मित्र गुमाएको छु । उहाँको भौतिक शरीर अब रहेन, सम्झना मात्रै रह्यो ।

सम्बन्धित खबर