शनिबार, १६ साउन २०७८
samadhannews
Sanima Bank New year offer

एलजीले ल्यायाे नयाँ वर्ष अफर याेजना

बुधबार, २० चैत २०७५

समाधान संवाददाता, पोखरा

नयाँ वर्ष २०७६ लाई लक्षित गरी एलजीले नयाँ वर्ष छुट योजना ल्याएको छ ।

खुसीको अपग्रेड नामक यस योजनामार्फत एलजीका टेलिभिजन तथा साउन्ड सिस्टम खरिदमा ४३ प्रतिशतसम्म क्यास ब्याक पाउन सकिन्छ । यी टेलिभिजनमा २ वर्ष वारेन्टी छ ।

सिंगल डोर रेफ्रिजरेटर खरिदमा २० प्रतिशतसम्म र डबल डोर रेफ्रिजरेटर खरिदमा मिक्स्चर ग्रेन्डर, साइड वाइ साइड रेफ्रिजरेटर खरिदमा भ्याकुम क्लिनर, एसीमा फ्रि जडान र माइक्रो वेभ ओभन खरिदमा कुकिङ किट्स् दिने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभरि चैत २० देखि सिमित अवधिका लागि मात्र लागु गरिएको छ ।

सम्बन्धित खबर