मङ्गलबार, ३१ भदौ २०७६
samadhannews
घटीमा ३५ हजार तलब हुनुपर्ने कर्मचारीको माग

घटीमा ३५ हजार तलब हुनुपर्ने कर्मचारीको माग

शनिबार, ११ जेठ २०७६
1490 पटक पढिएको

समाधान सम्वाददाता

निजामती कर्मचारीले बजेटमा आधारभूत तहको न्यूनतम तलब स्केल ३५ हजार रुपैयाँ हुनुपर्ने माग राखेका छन् ।

नयाँ बजेट आउनै लाग्दा निजामती कर्मचारीहरूको आधिकारिक ट्रेड युनियनले सरकारसमक्ष यो माग राखेको हो ।

नेपाल राष्ट्र बैंकको मूल्य सूचकांकको तुलनामा कर्मचारीको तलबमान न्यून रहेको र जीवन निर्वाहका लागि आवश्यक खाद्यवस्तु र सोबराबरको रकम विश्लेषण गर्दा न्यूनतम तलबमान ३५ हजार हुनुपर्ने माग कर्मचारीको छ ।

सम्बन्धित खबर