पर्यटन प्रचार गर्न म्याराथन दौड

समाधान संवाददाता २०७६ भदौ २५ गते १४:३२

नेपाल भ्रमण वर्ष २०२० र ऐतिहासिक पर्यटकीय केन्द्रको प्रचारका लागि लिगलिगकोटदेखि गोरखा दरबार म्याराथन दौड गरिएको छ ।

द्रव्य शाहले पस्लाङ चौतारोमा राज्याभिषेक गरेको वि.सं. १६१६ भदौ २५ गतेको सम्झनामा पालुङटार नगरपालिका लिगलिगकोटदेखि सिरानचोक गाउँपालिका हुँदै पस्लाङ चौताराबाट गोरखा दरबारसम्म दौड गरिएको हो ।

गोरखा राज्य स्थापना भएको साइत पारेर ‘उत्पतिदेखि जगसम्म’ भन्ने नाराका साथ बुधबार बिहान गरिएको दौडमा एक सय १४ जना धावक सहभागी रहे । पालुङटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलका अनुसार बिहान ७:१० बजे लिगलिगकोटबाट दौड सुरू भएको थियो । 

Advertisement

पालुङटार, गोरखा नगरपालिका, सिरानचोक गाउँपालिका र नेपाली सेनाको गोरखास्थित रणसिंह दल गण मिलेर दौड आयोजना गरेका हुन् ।

४२ किलोमिटर दौड पूरा गरेर नेपाली सेनाका भीमबहादुर गुरूङ पहिलो भएका छन् ।उनले तीन घण्टा १७ मिनेट दुई सेकेन्डमा दौड पूरा गरेका थिए ।

Advertisement

दोस्रो दुर्गाराज बुढा भएका छन् । उनले तीन घण्टा १७ मिनेट ४५ सेकेन्डमा दौड पूरा गरेका थिए ।

दौडमा पहिलो हुनेले एक लाख ५० हजार रुपैयाँ पुरस्कार दिइएको छ ।

तपाईको प्रतिक्रिया