बिहिबार, ०२ साउन २०७६
samadhannews
e planet education.

सुनको मूल्यमा नयाँ रेकर्डः प्रतितोला ६५ हजार

शुक्रबार, ०६ असार २०७६
1810 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

सुनको मूल्य हालसम्मकै महँगाे भएकाे छ । नयाँ रेकर्ड कायम गरेको सुनको मूल्य आज प्रतितोला ६५ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लाे दिनकाे तुलनामा सुन प्रतितोला ६४ हजार रुपैयाँ पुगेर इतिहासकै नयाँ रेकर्ड कायम गरेको थियो । त्यो रेकर्ड एकै दिनमा तोड्दै ६५ हजार प्रतितोलामा कायम भएको छ।

एक महिनादेखि सुनको मूल्य निरन्तर उकालो लागिरहेको तथ्यांकले देखाउँछ। एक महिनाकै अवधिमा सुनको मूल्य ५ हजार ८ सय रुपैयाँले बढिसकेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्दा त्यसको असर नेपाली बजारमा परेको सुनचाँदी व्यवसायी महासंघका पूर्व अध्यक्ष तेजरत्न शाक्य बताउँछन्। ‘शक्तिशाली मुलुकहरुबीच अहिले अलिक विवाद बढेजस्तो देखिएको छ, त्यसले अन्तर्राष्ट्रिय बजारमा नै सुन महँगियो, नेपालमा असर पर्यो’ उनले भने।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढिरहेको छ। शुक्रबार अन्तर्राष्ट्रिय बजारमा प्रतिऔंस १३९५ डलर नाघेको छ।

इरान र अमेरिका बीचको तनाव बढ्नु, अमेरिकासँग चीन र भारतको व्यापार विवाद कायम हुनुले सुनको मूल्य बढेको महासंघको ठहर छ। अन्तर्रा्ष्ट्रिय द्वन्द्व बढ्दा लगानीकर्ता सुनतर्फ आकर्षित हुने र त्यसले माग बढाउने भएकाले मूल्य महँगिने गरेको व्यवसायी बताउँछन्।

अन्तर्रा्ष्ट्रिय क्षेत्रमा चलिरहेका यी विवाद नसुल्झीए सुनको मूल्य अझै बढ्नसक्ने व्यवसायी बताउँछन्।

सम्बन्धित खबर