शुक्रबार, ०१ कार्तिक २०७६
samadhannews
bindedswori home decore

नेपाल फेरि विश्वकप नजिक, मलेसियालाई पराजित गर्दैै फाइनलमा

सोमबार, २३ असार २०७६
1710 पटक पढिएको

एजेन्सी

फेरि एक पटक १९ बर्ष मुनिको नेपाली क्रिकेट टिम विश्वकप प्रतियोगिताको नजिकै पुगेको छ । अब एउटा मात्र जितले नेपाललाई विश्वकपसम्म पुर्याउनेछ । नेपाल एसिसी यू–१९ इस्टर्न रिजन क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ।

सोमबार मलेसियामा भएको सेमिफाइनलमा घरेलु टिम मलेसियालाई ७ विकेटले पराजित गर्दै नेपाल उपाधि नजिक पुगेको हो। पहिले ब्याटिङ गरेर मलेसियाले दिएको ८८ रनको झिनो लक्ष्य नेपाली खेलाडीले  १५ ओभर र ५ बलमा  ३ विकेट गुमाएर पार गर्यो ।

नेपालको जितमा कप्तान रोहितकुमार पौडेलले नटआउट ३१ रन र भीम सार्कीले नटआउट ३३ रन जोडे। रोहितले २९ बलमा २ चौका र १ छक्का हिर्काए। भीमले ३४ बलमा २ चौका र १ छक्का नै प्रहार गरे।

ओपनर पवन सर्राफ १८ रनमा आउट भएका थिए भने अघिल्लो खेलमा सानदार शतक बनाएका रित गौतमले मात्र ३ रन बनाउन सके । अर्का ब्याट्सम्यान खडकबाहादुर बोहोरा खाता नै नखोली पवेलियन फर्किए ।

बलिङमा मलेसियाका मोहमद खइरले २ विकेट र मोहमद अमिरले १ विकेट हात पारे।

त्यसअघि क्वालालम्पुरस्थित किनरारा ओभलमा टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको मलेसिया ४०.५ ‌ओभरमा ८७ रनमा अलआउट भएको थियो । मलेसियाका लागि मोहमद अमिरले सबैभन्दा बढी २४ रन जोडे। उनले ३२ बलमा ३ चौका प्रहार गरे।

बलिङमा नेपालका सागर ढकालले ३ विकेट लिए। सागरले १० ओभरमा ३ मेडन राख्दा १६ रन खर्चिए। कुशल मल्लले २ विकेट हात पारे। कमलसिंह ऐरी, रासिद खान र तिलकराज भण्डारीले १(१ विकेट लिए।

नेपालले उपाधिका लागि मंगलबार हङकङ वा सिंगापुर मध्ये एक टिमसँग खेल्नेछ। यी दुई बीच दोश्रो सेमिफाइनल सोमबार नै हुँदैछ ।

सम्बन्धित खबर