आइतबार, २९ मङि्सर २०७६
samadhannews
लगातार पानी पर्ने क्रम आजदेखि रोकिने

लगातार पानी पर्ने क्रम आजदेखि रोकिने

आइतबार, २९ असार २०७६
1720 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

बिहीबार रातिदेखि लगातारजसो परिरहेको पानी पर्ने क्रम आज (आइतबार) रोकिने  मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।  

नेपालको तराई क्षेत्रमा बनेको न्यूनचापीय रेखाले पूर्वी तथा मध्य नेपालमा पुरै र पश्चिममा तराईतिर वर्षा भइरहेको थियो ।

‘आज मध्य तथा पूर्वी नेपालमा हल्का र केही स्थानमा भारी वर्षा भए पनि लगातार पानी पर्ने क्रम रोकिन्छ,’ महाशाखाका मौसमविद् समीर श्रेष्ठले भने,‘तर घाम लाग्न भने केही दिन कुर्नुपर्छ ।’

उनका अनुसार मंगलबारदेखि भने पानी पर्ने क्रम रोकिने छ।

सम्बन्धित खबर