सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

क्यानडाको लिगमा तलब नपाएपछि सन्दीपसहितका खेलाडीले गरे आन्दोलन

बिहिबार, २३ साउन २०७६
1100 पटक पढिएको

एजेन्सी

ग्लोबल टी-२० क्यानडा लिग खेलिरहेका खेलाडीले तोकिएको पारिश्रमिक नपाएपछि आन्दोलनमा उत्रिएमा थिए । जसका कारण लिगको दोस्रो चरणअन्तर्गत बुधबार टोरन्टो नेसनल्स र मोन्टेरियल टाइगर्सबीचको खेल २ घन्टा ढिलो गरी सुरु भएको थियो ।

दुवै टिमका खेलाडीहरु हाेटेलमै बसेर विराेध जनाएका थिए । खेलपछि आयोजकले प्रेस विज्ञप्ति नै जारी पर्नु परेको थियो ।

विज्ञप्तिमा ‘मोन्टेरियल टाइगर्स र टोरन्टो नेसनल्सबीच बुधबारका लागि निर्धारण गरिएको खेल टिम र खेलाडीबीच केही प्रक्रियागत कुरा कारण ढिलाइ भएको थियो । सबै सरोकारवालाबीच बसेर समस्या समाधान भएको छ,’ भनिएको छ ।

ग्लोबल टी-२० मा नेपालका २ जना खेलाडी आबद्ध छन् । युवा लेग स्पिनर सन्दीप लामिछाने टोरन्टो नेसनल्समा ६० हजार डलर र तीव्र गतिका बलर सोमपाल कामी विन्नीपेग हक्समा ३ हजार डलरमा आबद्ध भएका थिए ।

ग्लोबल टी-२० क्यानडाले ट्वीटरमार्फत् घटना जानकारी गराए पनि खेलाडीको आन्दोलनको केही लेखेको छैन।

देखिने गरी २ टिमले आन्दोलन गरे पनि अन्य टिमले पनि खेलाडीको तलब नदिएको बताइएको छ ।

१०-१५ प्रतिशत तलब प्रतियोगिता अघि दिनुपर्ने र बाँकी पारिश्रमिक पहिलो चरणको खेल सकिँदासम्म दिनुपर्ने भए पनि ६ वटै टिमका अधिकांश  खेलाडीले अहिलेसम्म तलब पाएका छैनन् ।

यसअघि भ्यानक्यवर र विनिङपेग हग्सबीचको खेलअघि पनि खेलाडीले आन्दोलन गर्ने  तयारी गरेका थिए। केही खेलाडीले ४५ प्रतिशत तलब पाएपछि आन्दोलन स्थगित भएको थियो। यद्यपी खेल पनि चिसो आउटफिल्डका कारण रद्द भएको थियो।

कतिपय खेलाडीले गत वर्षको प्लेयर अफ दि म्याच पुरस्कार समेत पाएका छैनन् ।

ग्लोबल टी-२० क्यानडाको आयोजक बम्बई स्पोर्ट्स लिमिटेड हो । उसले युरो टी २० स्ल्याम पनि आयोजना गर्दैछ । युरो टी २० अगस्ट अन्तिमबाट सुरू हुँदैछ ।

सम्बन्धित खबर