आइतबार, २९ मङि्सर २०७६
samadhannews
मन्त्री गुरुङ अस्पताल भर्ना

मन्त्री गुरुङ अस्पताल भर्ना

बुधबार, २९ साउन २०७६
20490 पटक पढिएको

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङ अस्पताल भर्ना भएका छन् । ४÷५ दिनदेखि ज्वरोले सिकिस्त भएका उनलाई उपचारका लागि सोमबार फेवासिटी अस्पताल भर्ना गरिएको हो ।

मन्त्री गुरुङलाई भाइरल ज्वरो र घाँटीको समस्या देखिएको उनका स्वकीय सचिव आरे पोखरेलले जानकारी दिए । मन्त्री डा.द्वय बुद्धिबहादुर थापा र तुलिका दुबेबाट उपचार लिइरहेका छन् । डा. दुबेका अनुसार मन्त्रीको घाँटीमा टन्सिलको इन्फेक्सन देखिएको छ ।

सम्बन्धित खबर