सोमबार, ३० भदौ २०७६
samadhannews
सोलुखुम्बुमा ४ रेक्टरको भूकम्प

सोलुखुम्बुमा ४ रेक्टरको भूकम्प

बिहिबार, ०५ भदौ २०७६
700 पटक पढिएको

रासस, काठमाडाैं

सोलुखुम्बुको गोली आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । बिहिबार बिहान ७ बजेर ७ मिनेटको समयमा चार रेक्टर स्केलको भूकम्प गएको खानी तथा भू–गर्भ विभाग भूकम्प मापन केन्द्रले जनाएको छ ।

केन्द्रका प्रमुख लोकविजय अधिकारीले परकम्पन नभई यो भूकम्प नै भएको बताए ।

सात दिनअघि म्याग्दीको लोलाङनजिक केन्द्रविन्दु भएर ४ दशमलव ७ रेक्टरको भूकम्प गएको थियो ।

सम्बन्धित खबर