सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

रहेनन् समाधानकर्मी राना

मङ्गलबार, ३१ भदौ २०७६
35120 पटक पढिएको

समाधान संवाददाता, पोखरा

समाधान दैनिकका वितरक प्रकाश रानामगरको आइतबार निधन भएको छ । सिन्धुपाल्चोक घर भई हाल पोखरा ८ जाल्पारोड बस्ने ४१ वर्षीय राना ४ वर्षदेखि समाधानमा कार्यरत थिए ।

रानाले समाधानका अलावा काठमाडौंंबाट छापिने अन्नपूर्ण पोस्ट दैनिक पोखरा लेकसाइड क्षेत्रमा पत्रिका वितरण गर्दै आएका थिए । आइतबार बिहान करिब ११ बजे पत्रिका वितरण गरेर फर्किएपछि निवासमै निधन भएको हो । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।

सम्बन्धित खबर