सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

देशभर मनसुन गतिविधि बढ्यो, यस्तो रहनेछ ३ दिनको मौसम

मङ्गलबार, ३१ भदौ २०७६
1310 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

मौसम पूर्वानुमान शाखाले आज देशैभरि बदली रही पानी पर्ने जनाएको छ ।

बिहान ६ बजे ३ दिनको मौसम पूर्वानुमान बुलेटिन प्रकाशित गर्दै महाशाखाले यस्तो बताएको हो ।

हाल  पूर्वी तराई, मध्य र पश्चिमका केही स्थानमा सामान्य बदली भई मेघ गर्जनसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने बाँकी भू-भागमा पनि आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार हाल मनसुनी न्युन चापीय रेखाको पश्चिमी भाग औसत स्थानको आसपास रहेको र पूर्वी भाग औसत स्थानभन्दा थोरै उत्तरतर्फ रहेको छ ।

यसका साथै भारतको मध्य प्रदेशको उत्तर पश्चिमी भाग र उत्तर प्रदेशको दक्षिणी भागमा एउटा निम्न चापीय प्रणाली रहेका छ भने बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण देशभर मनसुनी गतिविधि बढेको महाशाखाले जनाएको छ ।

यस्तो छ महाशाखाको तीन दिने मौसम पूर्वानुमान:

भाद्र ३१ गते (मंगलबार)

दिउँसो: देशभरी सामान्य  देखि पुर्ण बदली रही मध्य र पूर्बी भुभागका धेरै स्थानमा तथा पश्चिमका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ। देशका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती: देशभरी सामान्य देखि पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षा हुनेछ ।  मध्य र पश्चिमका थोरै र पुर्वका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज ०१ गते (बुधबार)

दिउँसो: देशभरी सामान्य  बदली रही मध्य भुभागका धेरै स्थानमा र देशका बाँकी भू-भागहका केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । देशका मध्य तथा पश्चिमका थोरै स्थानमा भारी वर्षाको सम्भावना छ ।

राती: देशभर पुर्ण बदली रही मध्य र पश्चिमका धेरै स्थानहरुमा तथा पुर्वका केहि स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित मध्यम वर्षा हुनेछ । पश्चिमका एक दुइ स्थानमा भारी वर्षाको सम्भावना छ ।

असोज ०२ गते (बिहीबार)

दिउँसो: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । 

 राती: देशभरी सामान्य देखि आंशिक बदली रही केही स्थानहरुमा मेघ गर्जन/चट्टयांग सहित हल्का देखि मध्यम वर्षाको हुनेछ । 

सम्बन्धित खबर