सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

साफ यु–१८ च्याम्पियनसिपका लागि नेपाली राष्ट्रिय टिम घोषणा

मङ्गलबार, ३१ भदौ २०७६
310 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

साफ यु–१८ च्याम्पियनसिपका लागि नेपालका प्रमुख प्रशिक्षक चेतनारायण श्रेष्ठले राष्ट्रिय टिम घोषणा गरेका छन्।

श्रेष्ठले दोस्रो चरणमा परेका ३० खेलाडीबाट छान्दै २३ सदस्यीय राष्ट्रिय टिम घोषणा गरेका हुन्।

आगामी शुक्रबारबाट सुरु हुने प्रतियोगिता हल्चोकस्थित सशस्त्र प्रहरी बलको मैदानमा हुँदैछ।

साविक विजेता नेपालले शुक्रबार हुने उद्‌घाटन खेलमा माल्दिभ्ससँग खेल्नेछ। समूह 'ए' मा नेपाल र माल्दिभ्ससहित भुटान पनि छ। नेपालले दोस्रो खेल आइतबार भुटानसँग खेल्नेछ।

यस्तै समूह ‘बी’ मा भारत, श्रीलङ्का र बंगलादेश छन् । दुवै समूहको शीर्ष दुई टोली सेमिफाइनल पुग्ने छन्। फाइनल खेल असोज १२ गते हुनेछ।

गोलकिपर : विशाल सुनार, सूर्य अधिकारी, पुजन होडा
डिफेन्डर : विशाल बस्नेत, रन्दीप पौडेल, पदम भट्टराई, सुजन शर्मा, नवीन गुरुङ, रोशन दोङ, अलिक रुम्बा, अन्जन महर्जन
मिडफिल्डर : शिशिर लेखी, रोशन रानामगर, आकास बुढामगर, जय गुरुङ, मनिष थापा, कुशल फुयाल, नितिन थापा
फरवार्ड : ब्रिजेश चौधरी, सचु गुरुङ, निरज चौधरी, कैलाश लामिछाने, दर्शन गुरुङ, मनिष डाँगी

सम्बन्धित खबर