सोमबार, २७ असोज २०७६
samadhannews
bindedswori home decore

यौन दुर्व्यवहारको आरोप लागेका सभामुख महराद्वारा राजीनामा

मङ्गलबार, १४ असोज २०७६
1350 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

बलात्कारकाे आरोपमा मुछिएका प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पदबाट राजीनामा दिएका छन् ।

आइतबार साँझ संसद सचिवालयमै काम गर्ने एक महिला कर्मचारीले महरामाथि बलात्कार आरोप लगाएकी थिइन् ।

उनीमाथि चौतर्फी दबाब आएपछि उनले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई सम्बोधन गरी राजीनामा पत्र बुझाएका हुन् ।

संविधान र प्रतिनिधिसभा नियमावली २०७५ अनुसार सभामुखले उपसभामुख समक्ष राजीनामा दिनुपर्ने हुन्छ ।

नियमावलीको दफा २११ मा सभामुखले उपसभामुख समक्ष लिखित राजीनामा दिनुपर्ने नियम छ ।

सोमबार साँझ उनको सचिवालयले भने घटनाबारे अस्वीकार गर्दै विज्ञप्ति निकालेको थियो ।

ती कर्मचारीले आइतबार राति महरा आफ्नो डेरामा आएर मादिरा सेवन गरेको र पछि जबरजस्ती करणी गरेको आरोप लगाएकी छन् ।

आइतबार साँझ सभामुख महराले ती कर्मचारीलाई फोन गरेर आफू उनीकहाँ आउन लागेको बताएका थिए । महराले मदिरा सेवन गरी राती ८ बजे उनीकहाँ पुगेका थिए ।

महराले आफ्नो कोठामा आएर पनि मादिरा सेवन गरेको र आफूलाई जबर्जस्ती करणी गरेको महिलाले बताएकी छन् । उनले आफूमाथि हातपात गरेको आरोप पनि लगाएकी छन् ।

आफू बलात्कृत भएपछि उनले तुरुन्तै प्रहरीलाई खबर गरेकी थिइन् । प्रहरीले राति नै आएर आफूसँग कुरा गरेको उनले बताएकी छन् । 

आफूमाथि जबर्जस्ती करणी भएको कुरा ती महिला कर्मचारीले नेकपाका महिला नेतृहरु ओनसरी घर्ती र पम्फा भुसाललाई म्यासेज गरेर जानकारी गराएको बताएकी छन् । आफ्ना पति पनि नेकपामै रहेकाले महरा पहिले पनि आफ्नो कोठामा आएको उनको भनाइ छ ।

ती महिला कर्मचारीका अनुसार सोमबार बिहान आफूलाई 'फरगेट एस्टरडे' भन्ने म्यासेज पठाएर आइतबारको घटना बिर्सन र अघि नबढाउन भनेका थिए ।

प्रहरी उच्च स्रोतले पनि राति नै तीनकुने प्रहरी वृत्तबाट खटिएको प्रहरी उनको डेरामा पुगेको र घटना विवरण लिएको पुष्टि गरेको छ।

‘ती महिला कर्मचारीले आफूमाथि सभामुख महराले बलात्कार गरेको बताइन् । प्रहरीलाई आफ्नो कोठा देखाइन्,' प्रहरी स्रोतले भन्यो, 'त्यहाँ रक्सीको एउटा बोत्तल, गिलास र कपडाहरु लथालिंग अवस्थामा थिए । ती महिलाले आफूमाथि कुटपिट भएको भन्दै शरीरमा चोट तथा निलडामसमेत देखाएकी थिइन् ।'

सम्बन्धित खबर