सोमबार, २५ कार्तिक २०७६
samadhannews
चिनियाँ अभिनेत्री सु चिङ पोखरामा

चिनियाँ अभिनेत्री सु चिङ पोखरामा

आइतबार, ०३ कार्तिक २०७६
1280 पटक पढिएको

समाधान संवाददाता
पोखरा

चिनियाँ अभिनेत्री सु चिङ शनिबार पोखरा आएकी छन् । उनी शनिबारै नेपाल भ्रमण वर्ष २०२० को सद्भावना दूत नियुक्त भएकी छन् । ७ सदस्यीय टोलीसहित आएकी चिङले आइतबार पोखराको सौन्दर्यको मजा लिने छिन् ।

आइतबार बिहान फेवातालमा बोटिङ, दिउँसो अल्ट्रालाइटमा उडान गरी सौन्दर्य निकालेपछि उनी शान्ति स्पूपा पनि घुम्ने कार्यक्रम छ । सोमबार अन्नपूर्ण बेस क्याम्प पुगेर उनको टोली काठमाडौं फर्किनेछ ।

चाङलाई शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा हलिउड अभिनेत्री सुलाई सद्भावना दूत घोषणा गरिएको थियो । चिनियाँ अभिनेत्री चिङले सद्भावना दूत बन्न पाउँदा खुसी लागेको बताएकी छन् । पर्यटनमन्त्री योगेश भट्टराईले भने नेपाली भृकुटीले चीनका राजकुमारसँग विवाह गरेको प्रसंग सुनाउँदै भने, ‘चिङ भृकुटीको छोरी हुनुहुन्छ, नेपाल उहाँको मावली हो । आफ्नो मावलीमा साथीभाइ र अरुलाई जान आग्रह गर्नुहुनेछ ।’

सन् १९९० मा ‘लाइफ अन ब स्ट्रिङ’मार्फत् चिनियाँ फिल्मबाट डेब्यु गरेकी चिङले ‘डार्क अब्सेसन’, ‘द इम्पेरर्स स्याडो’, ‘आइ लभ यू टू’, ‘मिस्टर सिक्स’ लगायत दर्जन बढी चिनियाँ र हलिउड फिल्ममा अभिनय गरेकी छन् ।

सम्बन्धित खबर