सोमबार, २५ कार्तिक २०७६
samadhannews
पोखराको दुई ठाउँमा भेटियो शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

पोखराको दुई ठाउँमा भेटियो शंकास्पद वस्तु, सेनाद्वारा डिस्पोज

आइतबार, १७ कार्तिक २०७६
3660 पटक पढिएको

समाधान संवाददाता, पाेखरा

पोखराको दुई ठाउँमा शंकास्पद वस्तु भेटिएको छ ।

पोखरा १७ विरौटा र तालचोकमा शंकास्पद वस्तु भेटिएको हो ।

तालचोकमा बिहान भेटिएको शंकास्पद वस्तु नेपाली सेनाको टोलीले डिस्पोज गरेको हो । त्यसलगत्तै विरौटाको सञ्चयकोष भवन अगाडि मुख्य सडकमै शंकास्पद वस्तु भेटिएको हो ।

तालचोकमा भेटिएको शंकास्पद वस्तु बम नभएको सेनाले पुष्टि गरेको छ ।

त्रसित बनाउनका लागि मात्रै शंकास्पद रूपमा रातो टेप बेरेर राखिएको र त्यसभित्र बम नरहेको सेनाले जनाएको हो । विरौटामा पनि त्यस्तै हुनसक्ने अनुमान छ । शंकास्पद वस्तु कसले राखेको भन्ने यकिन छैन ।

सम्बन्धित खबर