शनिबार, २१ मङि्सर २०७६
samadhannews
मोदीले पठाए ‌ओलीलाई चिठी- शीघ्र स्वास्थ्यलाभको कामना

मोदीले पठाए ‌ओलीलाई चिठी- शीघ्र स्वास्थ्यलाभको कामना

आइतबार, १५ मङि्सर २०७६
840 पटक पढिएको

समाधान संवाददाता, काठमाडाैं

प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले चिठी पठाएका छन् ।

शनिबार भारतीय दूतावासमार्फत प्राप्त भएको पत्रमा मोदीले प्रधानमन्त्री ओलीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको प्रधानमन्त्री ओलीको सचिवालयले जनाएको छ ।

यस्तै भुटानका प्रधानमन्त्री डाक्टर लोटे छिरिङले पनि प्रधानमन्त्रीको स्वास्थ्य लाभको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली गत मंगलबारदेखि अस्पतालमा छन् । एपेन्डिसाइटिस भएपछि मंगलबार बिहान उनी अस्पताल भर्ना भएका थिए । सोही दिन उनको शल्यक्रिया भएको थियाे । उनी अझै केही दिन अस्पतालमै रहनेछन् ।

सम्बन्धित खबर