मङ्गलबार, २० साउन २०७७
samadhannews
Bardan Online

सफलताको सही बाटो

मङ्गलबार, २४ मङि्सर २०७६
2410 पटक पढिएको

बुद्धि मल्ल

एउटा पुरानो भनाई छ, ‘यदि तिमी सफल हुनु छ भने प्रत्येक दिन यस्तो काम गर कि, जसले तिमी आफैंमा डर पैदा होस् ।’ माथिको भनाइले मानिसलाई आफूले पहिले गरेको काम भन्दा फरक काम अर्थात सृजनात्मक काम गर्न सन्देश दिएको छ । अहिलेको विश्वव्यापारीकरण युगमा मानिस सफलताको लागि कुदिरहेका देखिन्छन् । तर, अधिकांश मानिसले सफलताको स्वाद चाख्न पाइरहेका हुँदैनन् ।

कतिपय मानिस मेहनत नगरेका कारणले असफल भएका देखिन्छन् भने कतिपय चाहिं कडा मेहनत गर्दा पनि सफल भइरहेका हुँदैनन् । अधिकांश असफल मानिस लगातार एकै प्रकारका प्रयास गरिरहेका हुन्छन्, उनीहरु सफल हुन भने चाहन्छन् तर, आफ्नो काम गर्ने तरिका, बानी भने छोड्न तयार हुँदैनन् ।

एउटा एकदमै गरिब केटा आफूले मेहनतले कमाएको पैसा पनि कहिले हराउने, कहिले चारिदिने भएपछि दिक्क भएर भगवान बुद्धलाई भेट्न निस्कन्छन् । बाटोमा जांदै गर्दा उसले एउटा जादुगर भेट्छ । जादुगरले हजार वर्षदेखि स्वर्ग जान तपस्या गरिरहेको तर आजसम्म नसकेकोले यसबारेमा भगवान बुद्धसँग सोधिदिन आग्रह गर्छन् । त्यसपछि बाटोमा उसले एउटा कछुवा भेट्छ । कछ्वाले पनि आफूले ५ सय वर्षदेखी ड्रागन बन्ने कोसिस गरिरहेको तर नसकेकोले उसले पनि यस बारेमा भगवान बुद्धसँग सोधिदिन आग्रह गर्छन् ।

लामो यात्रापछि केटाले बुद्धलाई भेट्छन् । तर बुद्धले केटालाई २ वटा मात्र प्रश्न गर्नु भन्नु भएपछि केटा अप्ठेरोमा पर्छन् । किनभने, उसलाई बाटोमा भेटेको जादुगर र कछुवाको समस्याभन्दा आफ्नो समस्या सानो लाग्छ । उसले सोंच्छ कि, म त खाली गरिब मात्र हुँ । तर जसरी भएपछि गुजारा त चलाइरहेकै छु । त्यसैले बुद्धसँग आफ्नो प्रश्न नराखी जादुगर र कछुवाको प्रश्न राख्छन् ।

प्र्रश्न सुनिसकेपछि भगवाने ती प्रश्नको यसरी उत्तर दिनुहुन्छ, १. कछुवा ५ सय वर्षदेखि ड्रागन बन्न कोसिस गरिरहेको छ तर, उसले आफ्नो खोल छोड्न अहिलेसम्म तयार देखिँदैैन । २ जादुगर स्वर्ग जान तपस्या गरिरहेको छ तर, आफ्नो जादुगरी लठ्ठी छोड्न तयार छैन । केटाले भगवानबाट जवाफ पाएपछि फर्केर कछुवालाई सुनाउँछ । कछुवाले खोल निकाल्छ । कछुवाको खोलमा बहुमुल्य हिरा, मोती हुन्छन् । केटाले पाउँछ अनि धनी बन्छ । जादुगरलाई पनि बताउँछ । उसले पनि जादुगरी लठ्ठी छोड्छ अनि स्वर्ग जान्छ ।

यो पुरानो पौराणिक कथाबाट हामीले अथक मेहनतबाट मात्रै सफलता प्राप्त गर्न सक्दैनौं । असफल भइरहेका छौं भने सफलता प्राप्त गर्नको लागि काम गर्ने तरिकामा परिवर्तन गर्नुपर्छ भन्ने बारेमा जानकारी पाउन सकिन्छ ।

नयाँ चीज प्राप्त गर्न पुरानो चीज त्याग्न तयार हुनुपर्छ । सबैका आ–आफ्ना समस्या हुन्छन् । आफ्नो समस्या सबैलाई ठूलो लाग्ने गर्छ । समस्याको हल पनि हामीसँगै हुन्छ भन्ने शिक्षा प्राप्त गर्न सक्छौं । कथाले कति काम गरियो भन्दा पनि कस्तो काम गरियो भन्ने महत्व हुन्छ भन्ने सन्देश दिएको छ । कति भन्नाले संख्यात्मक र कस्तो भन्नाले गुणात्मक शब्दलाई जनाउँछ । कति र कस्तो दुवैको आआफ्नो महत्व होला तर, मुख्यतः पटक–पटक असफल हुँदा पनि त्यही तरिकाले काम गरेर सफल हुन खोज्नु मुर्खता बाहेक केहि हुँदैन । किनभने जति पटक हिँडे पनि गलत बाटोमा हिँडियो भने गन्तव्यमा पुग्न सकिँदैन । गन्तव्यमा पुग्न सही बाटो हिँड्नै पर्छ । कहिलेकाहीं बाटो बिराइयो भने सही बाटो पत्ता लगाउनुपर्छ वा आफैले नयाँ बाटो बनाउनुपर्छ ।

कस्तो काम गरियो भन्ने नजिता आउनको लागि कसरी गरियो भन्ने थाहा पाउनु जरुरी हुन्छ । कसरी भन्ने शब्दले मानिसले काम गर्ने तरिका जनाउँछ । मानिसले कुनै पनि काम गर्दा सफलता प्राप्त नभएसम्म कसरी गर्ने भन्ने प्रश्न गरिरहेमा सफलता प्राप्त गर्न सक्छ । असफलताका कारणलाई कसरी असफल भएँ भन्ने प्रश्न गरिरहेमा सफलताको बिन्दु पत्ता लगाउन सकिन्छ । किनभने अघिल्लो कार्यको असफलतामा कारक तत्व के के थिए भन्ने जवाफ पत्ता लाग्छ ।

१ जना व्यक्ति जागिरको पहिलो दिन काममा एकदम खटिएछ । आफ्नो हामिकलाई प्रभावित गर्न राति अबेरसम्म काम गरेछ । भोलिपल्ट हामिकले उसलाई बोलाएर उसले गरेको कामको रिपोटिङ गर्र्न भनेछ । व्यक्ति एकदमै प्रफुल्लित मुद्रामा सर ! मैले हिजो राति १२ बजेसम्म काम गरेर सारा उल्टो–पाल्टो भएको चिजलाई मिलाएँ । हाकिमले प्रश्न गर्छन्, ‘के त्यस्तो उल्टो–पाल्टो थियो र तिमीले मिलायौ र व्यक्तिले अझै उत्साहित हुँदै भन्छन्, ‘सर ! हाम्रो अफिसको कम्प्युटरको सम्पूर्ण किबोर्ड उल्टो–पाल्टो रहेछ । त्यसैले सम्पूर्ण किबोर्डलाई क्रमबद्ध तरिकाले मिलाएँ, अहिले ए देखि जेडसम्म सबै क्रमब द्ध मिलेको छ ।’

कथाको व्यक्ति जस्तो मेहनत गरेर सफलता खोज्नु मुर्खता हो । किबोर्डको अल्फाबेट क्रम बद्ध मिलाएर उक्त कम्पनीमा त्यो कामले कुनै महत्वपूर्ण योगदान हुने थिएन । बरु उनको मेहनत व्यर्थ खेर मात्र गयो । कुनै पनि मेहनत गर्न साँच्चै नै आवश्यक छ कि छैन, त्यसको ध्यान दिएर मेहनत गर्नुपर्छ । नत्र भने हाम्रो मेहनत कागलाई नुहाएर सेतो बनाउनको लागि मेहनत गरे जस्तै हुन्छ । मासको दाललाई बेसार राखेर पहेंलो बनाउँछु भने जस्तै हुन्छ । जुन काग पनि मासको दाल पनि कालै आफ्नै अस्तित्वमा ठीक हुन्छ ।

गलत स्विच दबाएर बत्ती कहिल्यै बल्दैन, बत्ती बल्न त्यही बत्तीको स्विच दबाउनुपर्छ । गर्मीबाट बँच्नु छ भने ज्याकेट फुकाल्नुपर्छ अनि पातलो लुगा लगाउनुपर्छ । ज्याकेट मन पर्‍यो भन्दैमा गर्मीमा पनि लगाइरह्यो भने त्यसले शरीरलाई बचाउने होइन, पोल्न थाल्छ । त्यस्तै ज्याकेट बोक्न अल्छी गरियो भने जाडोमा समस्या पर्छ, जाडोबाट बँच्नु छ भने ज्याकेट बोक्नु अल्छी गर्नु हुन्दैन । मानिसले पनि आफ्नो कार्यमा कहिलेकाहीं मनपर्ने ज्याकेट जस्तै मनपर्ने चीज, बानी छोड्न सक्नुपर्छ भने कहिलेकाहीं बोक्न भारी हुने ज्याकेट जस्तो कुनै अप्ठ्यारो काम, अप्ठ्यारा साथी तथा अन्य बातावरणलाई पनि मिलाएर लैजानुपर्ने हुन सक्छ । मानिसले धेरै काम ग¥यो भन्दैमा सफल हुँदैन । सफल हुन सही काम गर्नु आवश्यक हुन्छ ।

सम्बन्धित खबर