शुक्रबार, १० माघ २०७६
samadhannews
nepal telecome

हुम्लामा फेरि टिपर दुुर्घटना, २ जनाको मृत्यु

बिहिबार, २६ मङि्सर २०७६
940 पटक पढिएको

समाधान संवाददाता, हुम्ला

हुम्लाको उत्तरी क्षेत्रमा रहेको नाम्खा गाउँपालिका-५ स्थित पानी पाल्वाङ्गमा टिपर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

हिल्सा नाकाबाट याल्वाङ्ग आउँदै गरेको बा५खा ५३४४ नम्बरको टिपर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय हुम्लाले जानकारी दिएको छ । प्रहरीका अनुसार मृत्यु हुनेहरूको सनाखत भइसकेको छैन ।

दुर्घटनामा थप दुई जना घाइते भएका छन् । घटनास्थलमा प्रहरी पुगिसके पनि सञ्चारले राम्रो काम नगरेकोले पूरा खबर नआएको जिल्ला प्रहरी कार्यालय हुम्लाका निमित्त प्रमुख राजेन्द्रबहदुर सिहंले जनाकारी दिए ।

सम्बन्धित खबर