सोमबार, २४ चैत २०७६
samadhannews
nepal telecome

‘मसंग भिजन छ, प्राकृतिक श्रोतबाटै गण्डकी प्रदेशको कायापलट गर्न सकिन्छ,’

आइतबार, ०५ माघ २०७६
18710 पटक पढिएको

फुड साइन्सको ‘सिलिकन भ्याली’ मानिने क्यानडाको टोरन्टो, अन्तरियोलाई एक दशकयता कर्मथलो बनाइरहेका छन्, वरिष्ठ खाद्य तथा औषधि वैज्ञानिक नारायण घिमिरे । वैज्ञानिक घिमिरेको जन्म बन्दीपुर –८ याम्पाफाँटमा सन् १९७० मा भएको हो । दशरथ घिरिमे र मनिकर्णा ९सुशीला० का चारमध्ये कनिष्ठ सुपुत्रका रुपमा। याम्पाफाँटमा अझै पनि खेतीपाती छ उहाँको । बुबालाई छोराले पढे पुग्थ्यो, के पढ्यो भन्ने चाहिँ मतलब नगर्ने । पढ्यो भने अरु काम गर्नुनपर्ने, पढेन भने घाँस काट्ने, गोबर फाल्नेसम्मका सारा काम भ्याउनुपर्ने । पढेर बसको देखेपछि बुबाले मिठाइ, चकलेट र विस्कुट ल्याइदिनुहुन्थ्यो । त्यसैको लोभमा उहाँ हरदम किताब समातेर बस्नुहुन्थ्यो । उहाँले पाठ्यपुस्तक भन्दा बढी उपन्यास पढ्नुभयो त्यतिबेला।

मित्रता मावि सत्रसय फाँटबाट एसएलसी गरेपछि उहाँ काठमाडौँ छिर्नुभयो । अस्कल क्याम्पसमा आईएस्सी पढ्नुभयो । घरपरिवारले उहाँलाई डाक्टरका रुपमा हेर्न चाहेको थियो। आईएस्सीपछि उहाँ केन्द्रीय खाद्य तथा प्रविधि क्याम्पस हात्तिसारतिर रवाना हुनुभयो। धरान बाट खाद्य प्रविधिमा स्नातक गरेपछि केही समय उहाँले गण्डकीमा युएनडीपीको प्रोजेक्टमा काम गर्नुभयो। त्यसपछि घरमै कम्पनी खोल्नुभयो, याम्पा फुड प्रोसेसिङ एन्ड रिसर्च सेन्टर।

त्यसको मौलिक पक्ष थियो, गुन्द्रुक, मस्यौरा, ड्राई भेजिटेबल, अमलाको अचार, तितौराजस्ता २९ थरी उत्पादन हुन्थ्यो । मेसिनको डिजाइन पनि आफैँ गर्नुभएको थियो । प्रत्यक्ष परोक्ष रुपमा केहिले रोजगारी पाएका थिए । नेपालभित्र र हङकङ, सिंगापुरमा सामान पुग्थ्यो । बिचमा परिस्थिति सहज रहेन। कम्पनी बन्द गर्नुको उपाय रहेन ।

त्यसपछि नै उहाँ स्किल इमिग्रेसन लिएर क्यानडा जानुभएको हो। सन् २००५ तिरको कुरा हो। फुड साइन्स, फर्मास्युटिकल्स, क्वालिटी इन्जिनियरिङमा उच्च शिक्षा लिनुभयो । दक्ष खाद्य तथा औषधि विज्ञ बन्नु भयो। त्यसपछि सरकारी जबको अफर आयो गर्नुभयो ।

पछि आकर्षक जिम्मेवारी र तलबको मोहमा परेर निजी कम्पनीमा इनोभेसन बैज्ञानिकका रुपमा काम सुरु गर्नु भयो। काम थियो नयाँ प्रविधि र प्रडक्टको विकास गर्ने। संसार भर रहेका कम्पनीहरु सॅग प्राविधिक ज्ञान, सीप र प्रविधि विकास बारे छलफल गर्ने। उनीहरू सँगै मिलेर नयाँ इनोभेटिब खाद्य, हर्बल तथा औषधि प्रडक्ट बनाउने। अहिलेको कम्पनीको १० मुलुकमा अफिस छ। १५० देशमा फुट प्रिन्ट पुगेको छ। एक दशकयता फुड इनोभेसनको ‘सिलिकन भ्याली’ मानिने क्यानडालाई आफ्नो कार्य क्षेत्र बनाइरहेका छन घिमिरे। बस्तु र सेवाको गुणस्तर व्यवस्थापनमा हाल सम्म संसारमा उपलब्ध मध्ये सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेट ‘लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’ बाट विभूषित छन्।

घिमिरेले खाद्य, कृषि, हर्बल र जडीबुटी उद्यमशीलतामाको क्यानडामा रहेर उन्नत अनुसन्धानमा संलग्न हुँदै कृषि, हर्बल र जडीबुटी उद्यमशीलताको विकासको लागि जरुरी हुने सिप र प्रविधिको संसारभर हस्तान्तरणको नेतृत्व गर्दै आएका छन। उनीसँग कृषि, हर्बल र जडीबुटी इनोभेसन र उद्यमशीलतामाको क्षेत्रमा विश्वको बदलिँदो स्थिति र गण्डकी क्षेत्रमा यसको सम्भावना बारे हामीसँग भएको कुराकानीको संक्षिप्त विवरण यहाँ प्रस्तुत गरेका छौ।

तपाईं आफूलाई कसरी चिनाउनुहुन्छ ?
म आफूलाई इनोभेसनको विद्यार्थी मात्र मान्छु । कृषिको रैथाने उत्पादनको गुण पहिचान, गुणको मानव कल्याणका लागि सदुपयोग हुन सक्ने मूल्य पहिचान, तिनको प्रशोधन र दिगो व्यावसायिकीकरणको जिज्ञासु पनि हुँ । कुनै प्राविधिक विषयवस्तुको अध्ययन र कार्यान्वयनमा लगभग २० हजार घण्टा खर्चने व्यक्तिलाई विज्ञ मानिएको छ । मैले पनि टोरन्टोमा बसेर कृषिजन्य एरोमेटिक ९सुगन्धित० र मेडिसिनल ९औषधीय० उत्पादनको भ्यालु–एड पहिचान र व्यावसायिकीकरणमा २० हजार घण्टाभन्दा बढी समय बिताइसकेको छु ।

तपाईंको उपाधिमा ‘लिन–सिक्स–सिग्मा मास्टर ब्ल्याक बेल्ट’ लेखिएको रहेछ ।यसको अर्थ के हो ?
संसारमा मुख्यतः दुई प्रकारका अनुसन्धान हुन्छन् । एउटा, कुनै पनि विषयवस्तुमा खोज गरिन्छ तर त्यसको निष्कर्ष केमा सदुपयोग गर्ने भन्ने सोचाइ राखिन्न । त्यो एकेडेमी वा सैद्धान्तिक रिसर्च हो । अर्को, कुनै पहिचान गरिएको समस्या सुल्झाउने उद्देश्यले गरिने एप्लाइड वा व्यावहारिक अनुसन्धान ।सफल मानिएका व्यावहारिक अनुसन्धानका सबै नतिजा हाताहाती प्रतिफल दिने गरी व्यावसायिकीकरण गर्न सकिन्न ।
विश्वको मान्यता के छ भने, तपाईं आजको युनिभर्सिटी मोडेलमा व्यावहारिक अनुसन्धान गर्नुभयो र एकेडेमिसियनहरुले अब्बल भनी दाबी गर्ने पब्लिक–प्राइभेट पार्टनरसिप मोडल अपनाउनुभयो भने पनि लगभग एक हजार डलर मूल्य बराबरको व्यावहारिक रिसर्चका निष्कर्षलाई व्यावसायिकीकरण गर्न एकदेखि १० मिलियन डलरसम्म लाग्छ । तैपनि त्यो व्यावसायिकीकरणले तपाईंको लगानी उठाउँछ भन्ने निश्चित गर्दैन । त्यो खर्च न आजको दैनिक परिवर्तनशील बजार प्रणालीले धान्न सक्छ, न त व्यावहारिक नै छ।

आज विश्वमा त्यो परम्परागत पब्लिक–प्राइभेट–पार्टनरसिप मोडललाई को–क्रिएसन मोडलबाट प्रतिस्थापन गरिएको छ। त्यसका कारण आज संसारका ठूलठूला उद्योगहरु सहजै मुनाफा कमाई तत्कालै परिवर्तित बजारको माग पूर्ति गर्न सक्षम बनेका छन् । त्यसरी सक्षम बनेका संस्थालाई इनोभेटिभ कम्पनी भनिन्छ । त्यस सन्दर्भमा लिन–सिक्स–सिग्मा संसारको एउटा उन्नत व्यावसायिक संस्कृति हो।

यसले क्रस फङ्सनल टिमको सहभागितामा को–क्रिएसन मोडलबाट तत्कालीन अवस्थामा उपलब्धमध्ये सबैभन्दा सस्तो तर सबैभन्दा उच्च गुणस्तरमा अनुसन्धानका निष्कर्षलाई व्यावसायिकीकरण गर्ने ग्यारेन्टी गर्छ। सामान्य भाषामा भन्दा भने कुनै पनि प्रोसेसको नन–भ्यालुएडेड हटाउने प्रविधि लिन हो भने डिफेक्टिभ ९कमसल० उत्पादन वा सेवा पैदा हुनै नसकोस् भनी गुणस्तरलाई डिजाइनबाट नियन्त्रण गर्ने प्रविधि सिक्स–सिग्मा। हालसम्म संसारमा उपलब्ध लिन–सिक्स–सिग्माको सबैभन्दा उच्च प्रोफेसनल सर्टिफिकेसन चाहिँ ‘मास्टर ब्ल्याकबेल्ट’ हो। त्यो मैले मार्च २०१० मै प्राप्त गरेको हुँ ।

तपाईं खाद्य प्रविधिमा आकर्षित हुनुको कुनै घटना वा कारण छ ?
हाम्रो परिवार मध्यमवर्गीय किसान थियो । धान खेती जति भए पनि कृषिले जीवनपद्धति नधान्ने मात्र हैन, लगानी उठाउने उत्पादन पनि दिन्थेन । एक–दुई वर्षमा दुई–चार रोपनी जग्गा बेच्यो अनि लागेको ऋण ति¥यो गर्दै बुबाले हामीलाई पढाउनुभएको हो । मलाई के लाग्थ्यो भने कृषिलाई पोस्ट–हार्भेस्ट गरे खेतबारीले हामीलाई मनग्गे आम्दानी देला, नत्र एक दिन सुकुम्बासी बनाइदिन्छ । त्यसैले म पोस्ट–हार्भेस्टको पढाइ खोज्दै धरानको हात्तीसार पुगेँ र मलाई खाद्य प्राविधिक हुने अवसर जु¥यो । त्यसपछि खाद्य, कृषि र औषधिजन्य, जडिबुटी क्षेत्रका साथै उद्यमशीलताको उन्नत अनुसन्धानमा सहभागी हुने र नेतृत्व गर्ने अवसर मिल्दै गयो । सर्टिफाइड माइन मेपिङ, सर्टिफाइड क्वालिटी इन्जिनियर, सर्टिफाइड फुड साइन्टिस्ट, सर्टिफाइड फ्लेभरिस्ट, सर्टिफाइड फर्मास्युटिकल एनालिस्ट आदिबाट सम्मानित हुन पाएको छु ।

साढे एक दशकपहिले तनहूँको याम्पाफाँटमा रहँदा याम्पा फुड प्रोसेसिङ एन्ड रिसर्च सेन्टर खोल्नुभएको थियो । के कारणले छोटो अवधिमै विदेश पलायन हुनुप¥यो, बताउन मिल्छ ?
भर्खर–भर्खर कृषि उद्यमशीलताबाट स्वावलम्बी हुन सकिन्छ भन्ने विश्वास जागेका बेला मैले सुरु गरेको काम थियो त्यो। अहिले म क्यानडामा जस्तो प्रकृतिको काम गर्छु, त्यो उद्योग त्यस्तै प्रकृतिको थियो तर मसँग भएको हालको जस्तो बडी अफ नलेज त्यतिखेर कहाँ पाउनु रु यो त कामको अनुभव, अध्ययन र तालिमले दिने रहेछ । १८ महिनामै २० वटा नयाँ प्रडकट र चारवटा नयाँ प्रविधि विकास भएको थियो । जम्मा चार लाख रुपियाँबाट सुरु गरेको व्यवसाय २० लाख रुपियाँ कारोबार गरी अर्को ३४ लाखको अर्डर हातमा थियो।

यसैबीच, मेरो एउटा गल्ती के भयो भने मैले प्रचारप्रसारका लागि पत्रकार सम्मेलनमार्फत सबै कुरा बाहिर राखिदिएँ । कुलचन्द्र न्यौपाने, सूर्यचन्द्र बस्नेत, प्रदीप काफ्ले जस्ता काविल पत्रकारहरुले मेरो खबर कभर गर्नुभयो । राष्ट्रिय रुपमा राम्रो मान्यता मिल्यो । बाटो हिँड्ने जो कोही मेरोमा छिर्थे र तारिफ गर्थे । म गमक्क परेँ तर मेरो उद्योग आन्तरिक दबाबमा प¥यो । तत्कालीन समस्याको चुरो मैले आजसम्म पनि परिवारलाई सुनाएको छैन । अहिले लाग्छ, मेरो बुबालाई यसको अन्दाज थियो।

माओवादी विद्रोहताका दुईवटा सरकार अस्त्त्विमा थिए, सरकार र विद्रोही पक्ष। एकै हप्ता सरकार पक्षबाट मलाई जनयुद्धविरुद्ध सहयोग मागियो भने विद्रोही तर्फबाट युद्ध लड्न छापामारका लागि चाउचाउको विकल्पको ड्राइफुड बनाउने प्रविधिबारे सहयोग । ऋण लिएर व्यवसाय गरेको मलाई लगभग सात दिनजति निद्रा परेन।

त्यसैबीच एक सरकारपक्षीय कार्यकर्तालाई विद्रोही पक्षको उच्च नेत्रुत्वोको सुराकी गरी हत्या गरिएको आरोपमा छापामारले मेरो उद्योग रहेको यम्पा फाटमा सफाय गरे। त्यो घटनाले मेरा बुबा–मुमालाई धेरै विचलित बनायो । बुबाले चितवन गई आँखा अस्पताल अगाडिको जग्गा कौँडीको भाउमा दलाललाई ठूलो कमिसन खुवाएर बेचिवरी कृषि विकास बैंकबाट लिएको ऋण तिर्नुभयो र भन्नुभयो, ‘बाबु, मलाई उद्योगधन्दा हैन, तिम्रो जीवन चाहिन्छ ।’

त्यसपछि मेरो उद्यमशीलता बन्द भयो। म क्यानडा बसाइको तरखरमा लागेँ। लगभग चार–पाँच वर्षपछि घर फर्केर मैले बनाएका ३४ लाख अर्डरमध्येको तयारी हालतका ११ लाख बराबरको अमलाका तितौरा घरपछाडि खाडल खनेर गाडँे । ग्राहकको अर्डर पूरा नगरेपछि बिकेको २० लाख माल बापतको १४ लाख बक्यौता पनि मेरो हात परेन ।

जीवन कति विक्षिप्त थियो भने मैले सो बक्यौता लिन ताकेता समेत गर्न सकिनँ । त्यसको चार वर्षपछि मेरो जानकारीमा आयो– मेरो उद्योगको अमला, तामा, गुन्द्रुक, सिन्की र आलो गुन्द्रुक फ्लेवर हङकङ सिंगापुर लगी बेच्ने पोखराको नाम चलेको ओमित नामक सुपर मार्केट त बैंक–रप्ट बनेको केही वर्ष भइसकेको रहेछ ।

क्यानडामा रहेर इनोभेसनका क्षेत्रका तपाईंका प्रमुख उपलब्धि के–के छन् र तिनको महत्व के कति छ ?
विश्व सन्दर्भमा कुनै पनि सफलतालाई निजी मानिँदैन । बरु त्यो टिमको सफलता हो। मेरो निजी प्रगति भनेको मैले लिन सकेको प्रोफेसनल सर्टिफिकेसन र अनुभव नै होलान्। हाम्रो दैनिक व्यावसायिक काम संसारका इनोभेटिभ कम्पनीहरुसँगको सामीप्यमा रहेर विज्ञान र प्रविधिको क्षेत्रमा भएका तत्कालका नयाँ उपलब्धिले आगामी दिनमा संसारलाई कता डो¥याउँदैछ भन्ने आधारमा परिवर्तित बजार मागबारे अन्दाज गर्नु, आफ्नो ग्राहकका रुपमा रहेका इनोभेटिभ कम्पनीहरुलाई विशिष्ट प्रकृतिका कच्चा पदार्थ उपलब्ध गराउनु र कृषि उत्पादनमा आश्रित कम्पनीहरुलाई बदलिँदो माग आफ्नो उत्पादनमार्फत पूर्ति गर्न सक्षम बनाउनु नै हो ।

यसका लागि हामी इनोभेसन ल्याबमा ग्राहकले माग गरे अनुरुपको इनोभेटिभ कच्चा पदार्थ विकास गरी प्रोटोटाइप बनाउने, ल्याब परीक्षण गर्ने र वास्तविक व्यावसायिक वातावरणमा काम गर्ने–नगर्ने जाँच गरी यकिन गर्छौं। त्यो इनोभेटिभ क्रिएसनले सोचेकै नतिजा दिन सफल भएपछि तयार गरी ती उद्योगहरुलाई आपूर्ति गर्छौ।

व्यावसायिक रुपमा भन्दा हामी जुन काम गर्छां, त्यसका लागि एकातर्फ लेटेस्ट कटिङ एज प्रविधिको विकास जरुरी हुन्छ भने अर्को तर्फ संसारका नाम चलेका उद्योगका आधुनिक रिसर्च ल्याबहरुसँग इनोभेटिभ प्रडक्टको लेवलमा प्रतिस्पर्धा गर्नुपर्ने हुन्छ । यसलाई म को–क्रिएसनमा आधारित अत्याधुनिक अनुसन्धान भन्न मन पराउँछु । विगत ११ वर्षदेखि क्यानडामा रहेर को–क्रिएसनमा आधारित अत्याधुनिक अनुसन्धानको टेक्निकल म्यानेजरका रुपमा प्राविधिक र वैज्ञानिक व्यवस्थापनको अवसरलाई मैले आफ्नो निजी उपलब्धि मानेको छु।

गण्डकी क्षेत्रमा हर्बल र आयुर्वेदको इनोभेसनमा के गर्न सकिन्छ ?
अध्ययन अनुसार संसारका १५ हजार जातिका वनस्पतिमध्ये ३ हजार ७ सय एरोमेटिक र मेडिसिनल मूल्य बोकेका छन्। नेपालका रैथाने सात हजार वनस्पतिमा १ हजार ५ सय त्यस्ता वनस्पति भेटिएका छन् र १ सय ४५ भन्दा बढी औषधीय उपजको त सक्रिय कारोबार नै छ। गण्डकीमा नेपालमा हुने लगभग सबै वनस्पतिको उपलब्धता हुनसक्ने देखिन्छ।

हालसम्म नेपालका वनस्पतिको अध्ययन आयुर्वेदिक महत्वलाई ध्यानमा राखी गरिएको छ । ती वनस्पति अन्यत्र खाध्य, हिलिङ्ग फुड, हर्बल सप्लिमेन्ट, औषधि, सुगन्ध, अत्तर, सौदर्य सामग्री, सिजनिङ, सेनिटरी क्लिनर, जैविक विषादी आदिमा धेरै मुनाफा लिने गरी व्यापारिक भइरहेका छन्। मेटेरिया मेडिका अफ आयुर्वेदाले भनेको छ, संस्कृतमा त्यस्तो कुनै एक अक्षर छैन, जुन मन्त्र नहोस्, यो पृथ्वीमा त्यस्तो कुनै जरा छैन, जसको कि खाना कि औषधि न वनोस।

प्राविधिक दृष्टिकोणबाट नेपाल नेपालकै रैथाने लगभग सात हजार मेडिसिनल र एरोमेटिक प्लान्टको व्यावसायिक मुकाम हुन सक्छ । मैले बुझे अनुसार नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने त्यो एरोमेटिक र मेडिसिनल भ्यालु बोकेका वनस्पति र जीवाणु नै हुन। स्थान र प्रकृतिको देनको हिसाबमा कर्णाली हर्बल उत्पादन क्षेत्रको रुपमा मा विकास हुने छ। गण्डकी क्षेत्र इनोभेसन र भेलुएड क्षेत्रका रुपमा विकास गर्न उपयुक्त छ। हेल्थ, वेलनेस, रिक्रिएसनल र आध्यात्मिक पर्यटन टुरिजमको रूपमा गण्डकीलाई विकास गर्न सकिन्छ।
नेपाल संसारको आधा जनसंख्या बोकेको भारत र चीनको बीचमा छ। भारतको दुई तिहाई जनसंख्या शाकाहारी छ। आधाभन्दा बढी मानिस युवा छन् र हातमा डिस्पोजेबल मनी पनि छ । त्यस्ता युवाहरु नयाँ कुरा तुरुन्तै किनिहाल्ने र प्रयोग गरिहाल्ने प्रवृत्तिका हुन्छन् ।

शाकाहारी र भेगन कुरा नेपालमा सजिलै बन्छ भने भारतमा आशलाग्दो बजार छ । अब रह्यो, लेउ, झ्याउ र कीरा लगायत हर्बलका कुरा । यसका लागि चीन स्वर्र्ण बजार हो। आजको चीन धनी मात्र हैन, प्रत्येक नागरिकसँग राम्रै डिस्पोजेबल मनी पनि छ । त्यसैले आज अमेरिका, क्यानडाजस्ता मुलुक पनि त्यही चिनियाँ बजारमा यी कुरा पैठारी गरी व्यापार व्यवसाय गरिरहेका छन। नेपालले यदि संसारको आधा जनसंख्या रहेको भारत र चीनमा आफ्नो उत्पादन बेच्न नसक्ने हो भने नेपाली उद्यमीमै केही कमी छ कि भनी हेर्न सल्लाह दिँदा हुने अवस्था आउँछ।

गण्डकी लाई त्यसको मुकाम बनाउन सकिने आधार के कति छन् ?
तथ्याङ्क अनुसार जम्मा एक्काइस हजार सात सय तेत्तिस वर्ग किलोमिटर क्षेत्रफलको गण्डकी प्रदेशमा ३२।६५ जङ्गल छ। कुल क्षेत्रफलको २६।८५ हिमाली, ६७।२५ पहाडी र ६५ तराई छ । नगरपालिकामा बसोबास गर्ने जनसङ्ख्या ६०।५५ र गाउँपालिकामा बसोबास गर्ने जनसङ्ख्या ३९।४५ छ। ९१।५८५ मा पिउने पानी सुविधा र ८५५ बिजुलीको पहुँच पुगेको छ। प्रदेशमा कुल जनसङ्ख्याको ५०।१ प्रतिशत जनसङ्ख्या आर्थिक रूपमा सक्रिय रहेको देखिन्छ। प्रदेशको ७२।४५ मानिसको पेसा कृषि नै छ। यो तथ्य लाई घोरिएर हेर्दा मैले त यो प्रदेश सँग स्वरोजगार प्रकृतिको उधम्सिलता विकास गरी यसका पोखरा जस्ता सिटीहरू लाई सिलिकन भेली जस्तो नेपालकै नलेज बेस इनोभेटिब सेन्टरमा विकास गर्नु बाहेक अर्को विकल्प रहेको देख्दिन।

जंगल भनिएको ३२।६५ प्रतिशत र अन्य गरी ७८ प्रतिशत भूभाग जस्ता छन्, त्यस्तै अवस्थामा सजिलै उम्रने र हुर्कने आयुर्वेदिक, मेडिसिनल, सेनिटरी क्लिनर, एरोमेटिक फुड, फुड सप्लिमेन्ट र अन्य एस्सेसरिज बोयोप्रडक्टको सम्भावना बोकेका वनस्पति र जीवाणुहरुको भ्यालु पहिचान, प्रशोधन र व्यावसायिकीकरण मार्फत धनी प्रदेश बनाउन सक्ने अवसर रहेको स्वर्ण धर्ती हो गण्डकी प्रदेश। गण्डकी प्रदेशलाई मैले नेपालको मेडिसिनल र एरोमेटिकको गुरु क्षेत्रको रूपमा देखिरहेको छु।

क्यानडा र अमेरिकी क्षेत्रमा खाद्य र प्रविधिको नयाँनयाँ सूचनाका आधारमा भन्नु पर्दा आजभन्दा २० वर्षपछिका मानिसका लागि चाहिने लत्ताकपडा, औषधि र खानपिनको मुख्य आधार वातावरणलाई बिग्रन नदिई पूर्ति गर्न सकिने वनस्पति र जीवाणु हुदै छन। नेपालको विकासमा कायापलट आउने गरी प्रभाव दिन सक्ने कुनै क्षेत्र छ भने ती एरोमेटिक र मेडिसिनल मूल्य बोकेका वनस्पति र जीवाणु नै हुन। जसको नेत्रुत्वो गण्डकी प्रदेशले सजिलै लिन सक्छ।

तीर्थ र आरोग्यका लागि संसारभरि परम्परागत रुपमै तातोपानी कुण्डमा नुहाउने गरिएका अभिलेख छन् । समयक्रममा तातोपानी कुण्डमा नुहाउँदा मानव स्वास्थ्यमा उल्लेखनीय सुधार भएका तथ्य पनि छन् । त्यसैले प्राकृतिक चिकित्सामा तातोपानी कुण्ड स्नानतर्फ आकर्षण मात्र बढेको छैन, यसले आश्चर्यजनक रुपमा हेल्थ, वेलनेस, रिक्रिएसनल र आध्यात्मिक पर्यटनको विकास गरेको छ।

आज स्वस्थ कहलिन रोगव्याधमुक्त शरीरमात्र भएर पुग्दैन, भौतिक, मानसिक र सामाजिक रुपमा समेत तन्दुरुस्त हुनुपर्छ । तातोपानीको छहरामा नुहाउँदा होस् या कुण्ड वा तलाउमा डुबुल्की मार्दा, पानीको तातोपना र प्रकृतिको गर्भबाट आएको मिनिरल र सूक्ष्म तत्वले शरीरलाई दिने प्रत्यक्ष आनन्द त छँदैछ, कतिपय रोग र ब्याध लाग्दा कुण्डस्नान स्वास्थ्यलाभ दिने परिपूरक र वैकल्पिक उपचार पद्धतिका रुपमा प्रख्यात छ । यसरी प्राकृतिक छहरा र कुण्डमा नुहाउन धाउने पर्यटकलाई ‘तातोपानी कुण्डयात्री’ वा ‘जियोथर्मल टुरिस्ट’ भन्दा अन्यथा नहोला।

एक परीक्षणमा नेपालका तातोपानी कुण्डमा पानीको पीएच ७ देखि ९ सम्म पाइएको छ । उदाहरणका लागिः मुस्ताङको तातोपानीमा ७, रसुवाको चिलिमेमा ७, म्याग्दीमा ८, रिओरमा ९ र सुरई खोलामा ९ भेटिएको छ । प्रायः तातोपानी कुण्डमा सल्फर, सल्फेट, बाइकार्बोनेट, क्लोराइड, म्याग्नेसियम, पोटासियम, सोडियम, आर्सेनिक पाइएको छ । कतिपयमा त बोरोनसमेत भेटिएको छ।

नेपालका अधिकांश तातोपानी कुण्ड मेडिकल टुरिस्टका लागि उपयुक्त तातो सल्फर कुण्ड भन्न मिल्छ । तातोपानी कुण्डमा हुने सल्फर र सल्फेटले शरीरका धेरै विकृतिविरुद्ध उपयोगी देखिए पनि यो छालामा भएको इन्फेक्सन, श्वासप्रश्वास, छाला पोल्ने र इन्फ्लामेसनको उपचारमा सहयोगी मानिन्छ ।

अनुसन्धानमा तातोपानी कुण्डमा गरिने मिनिरल बाथले छालाको कम्पोजिसनमा फरक ल्याएको र शरीरलाई लाभ हुने ब्याक्टेरियाको हेरफेर भई जरुरी मात्रामा मात्र केराटिन उत्पादन गरी उपचारमा सघाएको पाइएको छ । गरम पानीमा डुब्दा पानीको प्रेसरले ग्रेभिटीविरुद्ध काम गरी हड्डीबाट शरीरको भार हटाइदिन्छ ।

प्रेसरले जोर्नीलाई ३६० डिग्रीमै सपोर्ट दिएर हल्का र खुकुलो बनाउने हुँदा दुखेको हड्डीले वास्तवमै आराम पाउँछ । प्रशस्त पानी पिएर लगभग यो अवस्थामा शरीरलाई २० मिनेटभन्दा बढी राख्न सक्दा सुन्निएको कममात्र हुँदैन, भित्री दुखाइ कम हुँदै रक्तसञ्चार बढ्छ । केही समय रहन दिँदा वरपर जमेका फोहोर पनि सफा हुन्छन।

नेपालका प्रख्यात २३ तातोपानी कुण्डमध्ये म्याग्दीमा मात्रै १४ वटा ९तापक्रम ५०–५८ डिग्री सेल्सियस० कुण्ड बनाउन सकिने तातोपानीका स्रोत छन् । तीमध्ये ५ वटा बेनी नगरपालिका भित्रको म्याग्दी खोला किनारमा छन् । ९ वटा मुडीको बगर, दर्बङको भाले बास्ने पोखरी, भुरुङ तातोपानी, हिस्तान र घासाको कालीगण्डकी खोलाको तीरमा रहेका छन्। म्याग्दीमा वार्षिक २० हजारभन्दा बढी तातोपानी कुण्डयात्री पुग्ने सामान्य आँकडा हेर्दा काठमाडौंलाई मन्दिरै–मन्दिरको सहर भनेजस्तो म्याग्दी लाई तातोपानी कुण्डै–कुण्डको टुरिजम क्षेत्रका रुपमा संसारभर प्रचार गर्न सकिन्छ।

ग्लोबल वेलनेस इन्स्टिच्युटको सन् २०१८ मा प्रकाशित रिपोर्ट अनुसार सन् २०१७ मा संसारका १ सय २७ देशमा रहेका अनुमानित ३४ हजार ५७ तातोपानी कुण्ड व्यवसायले १।८ मिलियन रोजगार दिँदै तातोपानी कुण्ड स्नानमा जाने तातोपानी कुण्डयात्रीबाट मात्र ५६।२ बिलियन डलर आय गरेका थिए । त्यो सम्पूर्ण वेलनेस टुरिजमको आयको ८।८ प्रतिशत हो । वार्षिक आय वृद्धिदर ६।५ प्रतिशत रहेको तातोपानी कुण्डयात्रीले सन् २०२२ मा पुग्दा ५६।२ बिलियन डलरको आय दिने अनुमान छ। गण्डकीले टुरिजम अन्तर्गत ‘तातोपानी कुण्डयात्री’ वाट समेत निकै ठुलो फाइदा उठाउन सक्छ।

गण्डकी कस्मेटिकको लागि प्रयोग हुने माटोको पनि ठुलो सम्भावना भएको क्षेत्र हो। यहाँ संसारलाई नै चकित पार्ने गरी हर्बल बेस कस्मेटिक उधम राम्ररी फस्टाउन सक्छ। नेपाल ओर्लने धेरै पर्यटक पोखरा पुग्ने हुँदा यहाँको कुनै पनि समान उत्कृष्ट बन्यो भने संसार भर पुगी हाल्ने फाइदा यो क्षेत्रले उठाउन सक्छ।

हाम्रा पुर्खाका पालामा छालाका लागि उपयुक्त सेतो, रातो, हरियो, खैरो, कालो वा पहेंलो माटोमा आवश्यकता अनुसार दूध, दही, नौनी, घिउकुमारी, हरियो चिया, तुलसी, बाबरी, टाप्रे, गुलाफजल, बेसार, चन्दन, चनाको पिठो, केशर, खरानी, पीना, घोडटाप्रे, निम, अमला, नरिवल आदि मेडिसिनल र आयुर्वेदिक हर्बस र तिनका तेल मिसाएर फेस मास्क, कस्मेटिक क्लिन्जर र साबुन आदि बनाइने गरेका थिए।

सफा र नरम अनुहारको छालामा लयालो सफा माटो दल्दा छालाको समस्या हट्छ । छालाका छिद्रबाट फोहर सोसी फाल्ने, प्वाल खोल्ने हुँदा यसले छालामा डन्डिफोर कम गर्ने, छाला चाउरिन नदिने, चिल्लो र चम्किलो बनाउने गर्छ । सफा र कुनै पनि अन्य कुरा नहालिएका प्राकृतिक माटो थेरापीले समेत छालाको प्वालमा जमेको ओएल र एसिडलाई घुलाइदिई छालाको भित्री भाग र रौंको जरासम्म रक्तसञ्चार गराई छालामा पिड्का, सब्क्युटानियस ब्लड फलो ९रौंको जराको रक्तवहाव० का कारण हुने रातो वा नीलो कालो धब्बा हटाउन सघाउँछ।

माटोको भाँडा बनाउने कालीमाटी प्राकृतिक रुपमै छालालाई मिनिरल र थुप्रै सूक्ष्म तत्व दिने स्रोत मात्र हैन, अनुहारलाई सफा र डिटक्स गर्ने, छालामा भएका छ्याके कम गराउने र छालालाई छिट्टै चाउरिन रोक्ने फेसियल पनि हो । कालिमाटीलाई अनुहारको फोहोर सोस्ने निकै बलवान माटो मानिएको छ।
गेरु अर्थात् रातो माटो अनुहार सफा गर्ने संसारकै उत्कृष्ट फेसियल क्लिनजर हो। कालिमाटीजस्तै लाग्ने तर हरियो हरियो देखिने ‘हरियो माटो’ सिलिको–आलुमिनोको अक्सिडेसनबाट बनेको हुन्छ। धेरै मिनिरल र सूक्ष्म तत्व भएको यो माटो अनुहारलाई सफा र डिटक्स गर्ने, छालामा भएका छ्याकछ्याके कम गराउने र छाला छिट्टै चाउरिनबाट रोक्ने खुबी भएको फेसियलको पावर हाउस नै हो।

कमेरो फेसियल क्लिनजरमा प्रयोग हुने माटोमध्ये सबैभन्दा सौम्य र सबै प्रकारको छालामा निर्धक्क दल्न सकिने माटो हो । यसले अनुहारका काला र सेता धब्बा हटाई छालालाई नरम बनाउन सघाउँछ । यो धेरैजसो फेसियल क्रिमको बेस त हो नै, औद्योगिक रुपमा कमेरो कागज, रबर, सेरामिक र साबुनको बेस पनि हो।

नरिवल, ताडी, सुपारी आदि जलाएर बनेको खरानीबाट छुट्याएर बनाइएको एक्टिभेटेड चारकोल वा कोइला पिनि माटोजस्तै बनाइएको पाउडरले छालाको प्वालमा जमेको फोहर र तेललाई निकै शक्तिशाली तवरबाट सोस्न सक्छ । यसलाई छालाको प्वाललाई निकै भित्रसम्म सफा गर्न सक्ने फेस क्लिन्जर र जमेको फोहर हटाउन सक्ने हालसम्मकै शक्तिशाली डिटक्सिफायर मानिन्छ।

माटो मिनिरल र मिनिरल अक्साइडको मिश्रण हो । मिनिरल र मिनिरल अक्साइडको छालाको भित्री सतहसम्म जमेको फोहर सोस्ने र सफा गर्ने खुबीका कारण नै माटो कस्मेटिक प्रयोजनमा आएको हो । मिनिरल र मिनिरल अक्साइडहरुको मिश्रणलाई मसिनेरी पिसेर पानी हाल्दा लयालो माटो बन्ने हदको धुलो बनेपछि त्यो कस्मेटिक ग्रेडको माटो बन्ने गर्छ। गण्डकीमा सजिलै पाइने राता, पहेंला, हरिया, कालो, गेरु र खैरा माटो छिमेकी पाकिस्तानले मुलतानी माटोमा गरेको लगानीजस्तो राज्यले सदुपयोग गर्ने नीति बनाउँदा आकर्षक आम्दानीको स्रोत बन्नेमा कुनै शंका छैन।

आज परलाईट, हेक्टोराईट, बेन्टोनाईट, कवाटर नाईज, क्योलिन, फ्रेन्च ग्रीन क्ले, रसौल क्ले, मुलतानी मिट्टी जस्ता माटाहरु संसारकै बजारमा अति चाखलाग्दो मुल्यमा बिक्रि भईरहेछन। युनिलिभरले पोन्ड ब्रान्डको ‘स्मुथ बेलेन्स पोर पोरटाइटिङ फेसियल फोम’ होस वा लोरलले बजारमा बिक्री गरिरहेको ‘गेमियर लाइट थ्री–इन–वान’ फेसवासमा प्रयोग गर्ने क्योलिन, बास्तबमा सेतो वा कमेरो माटो हो।

जापानको नातुर्गोको पपुलर ‘मेन्स क्ले फेस वास’ माटोबाट लिइएको मिनिरल र मेन्थोल मिली बनेको छ। त्यस्तै तिजोय ब्रान्डले समेत माटोलाई उसको ‘मिनिरल क्लिनजिङ फोम’ मा प्रयोग गरिरहेको। बजारमा क्ले मास्क र फेस मास्क भनी धुलो माटोको बिक्री बाक्लो छ। फ्रान्सको आर्जिलेजको रेड क्ले फेस मास्क, इटालीको बोर्जिज फंगो मड मास्क, जर्मन स्वासन अल्ट्रा बभेरियान माउन्टेन मड मास्क, अस्ट्रियाको मुर फेसियल, भारतका हेस मुलतानी, पतञ्जली मुलतानी आदि हजारौं माटोका व्यवसाय अस्तित्वमा छन।

संसारमा धेरैजसो सौन्दर्य प्रसाधन कस्मेटिक ग्रेडका कच्चा पदार्थ प्रयोग गरी बनेका छन् । युरोप, अमेरिकाका ब्रान्डेड सामान भनेपछि हामी आँखा चिम्लेर उपयोग गर्छौं। विदेशी माल गुणस्तरीय भइहाल्छ भन्ने भ्रममा हुन्छौं प्राय हामी। हाम्रा खुरिखन्डे भिराला कोल्टा पाखापखेराका रातो माटो, कमेरो वा धापमा हुने कालीमाटी वा हरियो माटी, घसेटा जलेर बनेका चारकोल त्यत्तिकै मिल्किएका छन। यसबाट फाइदा लिनेबारे त हामीले सोचेका समेत छैनौं । सात समुद्रपारिबाट केमिकल र प्रिजर्भेटिभ अनि एडिटिभ हालेकै भरमा कस्मेटिक भित्रिएका छन् । हामी विदेशी कस्मेटिक भेटेकैमा दंग छौं। गण्डकी क्षेत्र सँग आफै आफ्नो उत्कृष्ट कस्मेटिक बस्तु उत्पन्न गर्ने उधम्शिलता विकास गरी आफ्नो आयात प्रतिस्थापन गर्न सक्ने अवसर देखिन्छ।

अन्तमा गण्डकी प्रदेश सरकारलाई के भन्न चाहनु हुन्छ ?
गण्डकी मेरो जन्म थलो हो। म मेरो जीवनको अन्तिम श्वास फेर्न पनि यही पुण्य थलोमा आइपुगौँ भन्ने मेरो चाहना छ। यहा उत्पादन हुने कतिपय जंगली जटिबुटी र पर्ति जग्गामा समेत हुने जटिबुटी र हर्बल सामान्य साफ सुग्गर गर्ने काम, एक्सट्रेक बनाउने, हर्बल चिया बनाउने, चुर्ण हरु बनाउने, एक जैविक ऒखति बनाउने, जैविक मल, जैविक बिषाधि, नेचुरल हेल्थ प्रडक्टहरु बनाउने काम हरुमा मात्र ८(१० लाखमा पनि राम्रो मुनाफ दिने गरि अस्तित्वोमा आउन सक्छ।

बिधमान बन नीतिले सबै हर्बल उत्पादन, प्रशोधन, बजारीकरणलाई शत्रुको व्यवहार गर्ने गर्छ। बन नीति साना उधम शिलातामुखी मात्रै गरिदिँदा पनि यो क्षेत्रमै कायापलट निम्तने मलेसिया ( इन्डोनेसियाको अनुभबले बताउछ। ओखती, हर्बल ओखती, हिलिङ्ग खाना, भेगन खाना, हर्बल कस्मेटिक, धार्मिक उत्पादन, आयुर्वेदिक र युनानी उधम्शिलतामा जानको लागि वास्तवमा संसारमै कहीँ पनि पाउरोटी बनाउने उद्योगमा भन्दा धेरै लगानी हुँदैन। हामी यसलाई ठुलो हाउगुजी सम्झी रहेका छौ।

नेपालमा जटिबुटीको प्रसोधन र बिक्रि तथा निर्यात उधमशिलताको बिकासको लागि कृषि र हर्बल क्षेत्रको इनोभेटिभ बडि अफ नलेज मार्फत ज्ञान, शिप र प्रविधिको हस्तान्तरणको तत्काल खाचो छ। त्यसको सुरुवातको लागि सरकारले मात्र ५(१० मिलियन अमेरिकी डलर जति सक्षम निजी क्षेत्र पहिलाएर अनुदान सहयोग दिने सर्तमा तत्काल काम सुरुगर्न लगाउन पर्ने अवस्था रहेको छ। संवृद्धिका खातिर पनि निजी क्षेत्र लाइ अनुदान दिन नसकिने अनि सरकारी क्षेत्रमा भए रहेको बजेट भुईँ न भाडाको बन्ने हबिगत स्थानीय सरकारले चिर्न सक्नु पर्छ।

ज्ञान, सीप र प्रविधिको हस्तान्तरणको लागि जटिबुटी ऊधमिहरूलाई विज्ञमा परिवर्तन गर्न स्थानीय स्तरमै पाइने जडीबुटीको स्थानीय उत्पादन मुखी उद्योग स्थापना गर्न सघाउने उधम्शिलता प्रशिक्षण दिने खुबी भएका नलेज इन्कुबेसन सेन्टरहरू स्थापना गर्न जरुरि छ। विद्यमान शोषणकारी जडीबुटी सङ्कलन र आपूर्ति उद्यमको अभ्यासलाई प्रतिस्थापन गर्न किसानहरूलाई सहकारीमा सङ्गठित गर्दै सामूहिक मूल्य किटानी, भण्डारण र आपूर्तिमा आफै लाग्न प्रेरित गर्ने, स्थानीय आयात प्रतिस्थापन हुने गरी प्रशोधन गर्न जरुरी ज्ञान र प्रविधि हस्तान्तरणमा अनुत्तीर्ण भएका पुराना तालिम केन्द्र हरूलाई फेरी त्यही कामको जिम्मा दिएर नयाँ नतिजा कुर्नु भन्दा आमूल परिवर्तन गर्ने अभिनव संस्कृति ९इनोभेटिव कल्चर० बोकेको व्यवहारिक इनोभेसन केन्द्र स्थापना गराउने निकायको जरुरत देखिन्छ।

ज्ञान, सीप र प्रविधि भित्राउने कुरा राज्यले आफै सम्पूर्ण खर्च बेहोर्न तयार हुँदा मात्र सम्भव हुने हुन्छ। हाम्रा जिम्बेबार निकायमा यो विषयको गम्भीरताको चुरो र रस बारे न कोही जानकार रहेको देखियो। न कसैमा कुनै चासो नै। सीप र प्रविधि भित्राउने काममा समेत अर्काको प्रायोजन पाइन्छ वा फोकटमा हुने अवस्था आउछ भने गर्ने हो नत्र किन गर्ने भन्ने प्रवृतिले गाजेको आसय भेटियो। नेपालको हालको संवृद्धिमा समेत प्रायोजन खोजने रबैयाले कुनै पारा लगाउँदैन। यसको परिवर्तन बिना गरिने सबै प्रयास ले मात्र समयको बरबादी र सरकारी धुकुटीको नाश मात्र निम्ताउँनेछ। गण्डक प्रदेश सरकारको यसमा ध्यान जावोस भन्न चाहन्छु।

तपाईको अझै गण्डकी प्रदेश फर्कने बेला भएको छैन ?
हामीलाई नेपाली मित्रहरुले सार्वजनिक रुपमै भगौडा भन्नुहुन्छ । त्यो ठीकै पनि होला। क्यानडामा दर्जनौ प्रगतिका अवसरमा आफ्नो तारिफ सुनिरहँदा र प्रमाणपत्रहरु बुझिरहँदा म खुसी हुन त सक्दिनँ तर मनमा अलिकति पनि रिग्रेट लाग्ने गर्दैन। किनकि मैले जानेको नेपालमै गर्न सक्ने काम इनोभेसन को–क्रिएसन सेन्टर स्थापना र संचालन हो । जुन नेपालको हावापानी सुहाउँदो ऊच्च जरुरतको क्षेत्र पनि छ। बिना टिमवर्क र ठुलो सरकारी लगानी यो क्षेत्र अघि बढ्न सक्दैन। इनोभेसन को–क्रिएसन सेन्टर मार्फत नेपालको उद्यमशीलता विकासमा सहयोग पु¥याउँने मेरो ड्रिम प्रोजेक्ट सरकारी उच्च अधिकारीहरुको दरिलो सहयोग बिना सम्भव नै हुँदैन। जसको लागि हाल सम्म परिस्थिति परिपक्क बनिसकेकै छैन। परिस्थिति परिपक्क बन्दाका बखत म नेपाल फर्कन कुनै अबेर गर्ने छैन।

सम्बन्धित खबर