शुक्रबार, २१ चैत २०७६
samadhannews
nepal telecome

तिव्र गतिमा फैलिदै, लामो मन्दीको सेंकत, अरबौं डलरको राहत घोषणा

मङ्गलबार, ११ चैत २०७६
1860 पटक पढिएको

बिबिसी नेपाली सेवाकाे सहयाेगमा

विश्व स्वास्थ्य संगठन डब्लुएचओका टेड्रोस एड्हानोम गेहब्रेयससले कोरोनाको सङ्क्रमण गतिमा बढेको भन्दै अझैपनि प्रकोपको गतिलाई परिवर्तन गर्न सकिने बताएका छन्।

जेनेमा आयोजित पत्रकार सम्मेलनमा उनले पहिलो एक लाख संक्रमति पुग्न पहिलो केस भेटिएको ६७ दिन लागेपनि पछिल्लो एक लाख ४ दिन कै दिन संक्रमित भएको बताए । ‘दुई लाख पुग्न अर्को ११ दिन लाग्यो। तर त्यसको चार दिनमै तीन लाख पुग्यो।’ उनले भने ।

विश्व स्वास्थ्य सङ्गठनले कोरोनाभाइरस सङ्क्रमणलाई ुविश्वव्यापी महामारीु को सङ्ज्ञा यसअघि नै दिइसकेको छ।

नियन्त्रण मात्र अपर्याप्त
विश्व स्वास्थ्य सङ्गठनले मानिसहरूको हिँड्डुल नियन्त्रणमा मात्र भर नपर्न भनेको छ। प्रत्येक सङ्क्रमण परीक्षण गरेर तथा सङ्क्रमित व्यक्तिको सम्पर्कमा भएका अन्य व्यक्तिलाई अलग्याउनु उक्त भाइरसविरुद्धको लडाइँमा महत्त्वपूर्ण हुने उसले बताएको छ।

फ्रान्सका राष्ट्रपति एमानुएल माक्रोँले चिनियाँ राष्ट्रपति सी जिन्पिङसँग मिलेर आह्वान गर्न लागेको जीट्वेन्टी समूहको आकस्मिक शिखर सम्मेलनमा विश्व स्वास्थ्य सङ्गठनलाई पनि पनि निम्त्याइएको छ। रोगका सम्भावित उपचार उक्त बैठकको अजेन्डामा छ।

लामो मन्दीको त्रास
विश्वका अग्रणी अर्थतन्त्र तथा वित्तीय संस्थाहरूले संसारलाई लामो आर्थिक मन्दीबाट जोगाउन विशाल परिमाणमा पैसा हाल्न आफूहरू तयार रहेको बताएका छन्।

अमेरिकाको केन्द्रीय ब्याङ्क फेडरल रिजर्भले ऐतिहासिक कदम चाल्दै कर्पोरेट ऋण किनिदिने तथा घरेलु सापटी प्रवाहलाई भरथेग गरिदिने बताएको छ।

जर्मनीले आफ्नो अर्थतन्त्रमा परेको हानिलाई कम गर्न ८०० अर्ब डलर खर्च गर्ने बताएको छ।

विश्व ब्याङ्कले विकासोन्मुख देशहरूलाई कोरोनाभाइरस प्रकोपको मार बेहोर्न १५० अर्ब डलर सहायता दिने जनाएको छ।

युद्ध रोक्न आह्वान
संयुक्त राष्ट्रसङ्घका महासचिवले कोरोनाभाइरस प्रकोपसँग जुध्न विश्वभरि जारी द्वन्द्वमा युद्धविराम गर्न आह्वान गरेका छन्।

एन्टोनियो गुटेरजले कोभिड(१९ राष्ट्रसङ्घको ७५ वर्षे इतिहासकै एक अभूतपूर्व स्वास्थ्य सङ्कट भएको बताए।

उनले विश्वका गरिब देशहरू तथा जोखिममा रहेका मानिसहरू सबभन्दा नराम्ररी प्रभावित हुने भन्दै कीर्तिमानस्तरको विश्वव्यापी मन्दी अवश्यम्भावी भएको बताए।

उनले विश्व नेताहरूलाई तत्काल र संयोजित प्रतिक्रिया देखाउन एकताबद्ध हुन आह्वान गरे।

सम्बन्धित खबर