बिहिबार, १५ जेठ २०७७
samadhannews
nepal telecome

कास्कीमा कोरोना भेटिएको पुष्टी भएको छैन

शुक्रबार, २१ चैत २०७६
31030 पटक पढिएको

समाधान संवाददाता
पोखरा

नेपालमा कोेरोना भाइरसको सातौं संक्रमति व्यक्ती कास्कीमा फेला परेको भन्ने समाचार केही अनलाईन पोर्टलहरुले ब्रेक गरे पनि अहिलेसम्म पुष्टी भएको छैन ।

पोखरामा हिजो नमुना परिक्षण गरिएका चारै जनाको रिजल्ट नेगेटिभ आएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले बताएको छ । हिजै देखि पोखरामा कोरानो भाइरस संक्रमित दुई जना फेला परेको भन्दै हल्ला फिजाइएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा हिजो देखि कोरोना भाइरसको स्वाब परिक्षण थालिएको थियो । यो ल्याबले दिएको नतिजा भेरिफाइ गर्नका लागि उनीहरुको नमुना काठमाण्डौं पठाइएको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान श्रोतले जनाएको छ । पुन काठमाण्डौं पठाएको विषयलाई कोरोना पुष्टी भन्न नमिल्ने ती अधिकारीले दावी गरे ।

‘अहिलेसम्म सरकारको कुनै पनि आधिकारिक निकायबाट पुष्टी गरिएको छैन ।’ पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका एक जना आधिकारिक व्यक्तीले भने– हल्लाका पछाडी नलागौं ।

सम्बन्धित खबर