बिहिबार, १५ जेठ २०७७
samadhannews
nepal telecome

कोरोनाको यो विकराल संकटमा एक बनौँ

आइतबार, २३ चैत २०७६
1600 पटक पढिएको

सुदर्शन प्रधान


कोरोना भइरसको महामारीले सिंगो संसार हल्लाइरहेछ । यो प्राकृतिक विपत्ति महाभूकम्प २०७२ भन्दा कम छैन, जसले विश्व मानव समाज र सभ्यतालाई नै चुनौती दिइरहेछ । मानवीय क्रियाकलापहरुबाट पृथ्वीको जलमण्डल, भूमण्डल र वायुमण्डलमा भीषण आक्रमणको परिणामस्वरुप प्रकृतिको सन्तुलन बिथोलिनाले यो सङ्कट आएको हो । आगामी दिनमा पृथ्वीलाई स्वस्थ तुल्याउन मानव समाजले आफ्ना दैनिक क्रियाकलापमा परिवर्तन गर्नुपर्नेछ, जुन विषयमा हामी निरन्तर सम्प्रेषण गरिरहने छौँ । तर, यहाँ हामी तत्कालको विषयमा ध्यान केन्द्रित गर्नेछौं ।


चीनको वुहान सहरमा देखा परेको कोरोना (कोभिड–१९) भाइरस नाउँको यो महामारी चीन सरकारको सही र दृढ कदम, चिनियाँ जनताको अनुशासनले चीनमा नियन्त्रणमा आइसक्यो तर अरु राष्ट्रमा पैmलिइरहेछ । नेपालमा पनि त्यो फाट्टफुट्ट देखिन थालेको छ । यो राष्ट्रिय सङ्कटको बेला राष्ट्र र राज्यलाई हरेक नेपालीले आआफ्नो ठाउँबाट सहयोग गर्नुपर्छ । बौद्धिक, आर्थिक, भौतिक, वैचारिक हरेक कोणबाट नेपाल सरकारलाई साथ दिनु सबैको दायित्व हो । आपूmले केही नगरी आलोचना मात्र गर्ने प्रवृत्ति त्यागेर सबैले जिम्मेवार र जागरुक नागरिकको परिचय दिऔँ ।


नेपाल सरकारलाई केही सुझाव
१. सहर–बजारका श्रम गरी परिवार पाल्ने सबै मजदुर र श्रमिकहरुलाई राज्यले निःशुल्क खाद्यान्न उपलब्ध गराउनुपर्छ । पहिचान गरी अरु कमजोर जनतालाई पनि राहत उपलब्ध गराउनुपर्छ । खाद्यान्न र इन्धनको कालोबजारी गर्ने र लुकाउनेहरुलाई गुप्तचरहरु परिचालन गरी कडा कारबाही गर्नुपर्छ ।


२. कलकारखानका मजदुर, होटेल, पसल, रेस्टुराँका मजदुर, यातायात, विकास– निर्माणमा संलग्न मजदुर, सरसफाइ मजदुर लगायत तमाम श्रमिकहरुलाई पनि यस समयका लागि खाद्यान्न निःशुल्क उपलब्ध गराउनुपर्छ ।


३. सहर–बजारमा बहालमा बस्ने होटल, पसल, रेस्टुराँ, आवासी भवनका घरधनीहरु बन्द समयको बहाल समायोजनको नीति अपनाइनुपर्छ । यसका लागि राज्य, घरभेटी र बहालवाला तीनै पक्षले ३३÷३३ प्रतिशत बेहोर्ने व्यवस्था हुनुपर्छ ।


४. कोरोना भाइरस जाँच्नका लागि ७७ जिल्लाकै अस्पतालहरुमा सुविधा हुनुपर्छ । काठमाडौंको एक्लो केन्द्रीय प्रयोगशालाले धान्दैन, कम्तीमा ७ प्रदेशका केन्द्रहरुमा त तुरुन्तै स्थापना गर्नुपर्छ ।


५. दानामा भर पर्ने पशुपक्षी फर्महरु आज राष्ट्रव्यापी सङ्कटमा छन् । यसबाट दुध उत्पादन हुने गाइभैंसी फर्म, माछामासु उत्पादन गर्ने उद्योगहरु प्रभावित बन्न थालिसके । यसका लागि मकै, चोकर र ढुटो अनिवार्य हुन्छ । राज्यले कुनै पनि उपायले उद्यमीहरुलाई ती वस्तुहरु उपलब्ध गराउनुपर्छ । किनभने दुध, माछामासु र अन्डा प्रोटिन र क्याल्सियमका मुख्य स्रोत हुन् । यी तत्त्वहरु रोग प्रतिरोधात्मक शक्ति वृद्धिका लागि ज्यादै महत्त्वपूर्ण हुन्छन् । स्मरण रहेस्, दानाको मुख्य कच्चा पदार्थ मकै, गहुँ र ढुटो हो । कृषि नीति नेपाली किसानमुखी नहुनाले हालसम्म यी कच्चा वस्तु भारतबाट आयात गरिन्छ । अब यो सङ्कटको बेला यसको समस्या हल गर्ने नीति बन्नुपर्छ । यसका लागि नेपाली किसानहरुलाई प्रोत्साहन अनुदान मिले यहीँ उत्पादन हुनेछन् वा खनजोतका साधन यन्त्र–उपकरणहरु कृषक समूहलाई निःशुल्क उपलब्ध गराएर पनि यो समस्या हल हुनेछ । कृषकलाई ५० प्रतिशत लगानी गर्नुपर्ने जस्ता अव्यावहारिक कुरा गर्नु हुँदैन बरु साधन लिएर उत्पादनमा नलाग्ने किसन समूहहरुबाट साधनहरु फिर्ता मात्र होइन, मूल नाइकेहरुलाई ५ वर्षको जेल सजायँ पनि हुनुपर्छ ।


६. कोरोना भाइरसबाट बच्न र न्यून आय भएका जनतालाई बचाउन विभिन्न देशले सहुलियत कोष खडा गर्ने घोषणा गरेका छन् । नेपाल सरकारले पनि औषधिउपचार, प्रयोगशाला, खाद्यान्न लगायत अत्यावश्यक कुराहरुका लागि न्यूनतम १.५ अर्ब डलरको कोष बनाउनुपर्छ । यो आजको प्राथमिकता हो । जनताको जीवन सर्वोपरि हो, पुल भवन, सडक पिच जस्ता कुराहरु २ वर्षपछि निर्माण गर्दा पनि हुन्छ तर सङ्कटकालीन कोष गठन हुनै पर्छ । कर्मचारी र पदाधिकारीहरुको तलबभत्ता पनि दिन्छ भने ठिकै छ तर नेपालको सम्पूर्ण कर्मचारी, शिक्षक, प्रहरी, सेना, सांसदहरुले एक महिनाको तलब दिए पनि १५ करोड डलर पुग्न मुस्किल छ ।

गाउँमा आगो लागिसक्यो, अब कुवा खन्ने होइन, गाउँमा भएकै पोखरीबाट पानी ल्याउन आमजनतालाई सुझाव—
१) सरकारले सम्पूर्ण जनतालाई आआफ्नो घरमा परिवारसँग बस्न आह्वान ग¥यो । जनताले पनि आमरुपले पालना ग¥यो तर गाउँका किसानहरु भिडभाड नगरी आआफ्नो खेतबारीमा उत्पादनमा लाग्दा हुन्छ । त्यसरी नै सहरका जनताले पनि आआफ्नो करेसा, छत तथा कौसीहरुमा तरकारी, फलपूmल लगाउँदा उत्पादनमूलक वातावरण सिर्जना हुन्छ । बरु यसका लागि बिउबिजन, अग्र्यानिक मल, माटो सरकारसँग माग गर्नुपर्छ वा आपैm पनि खोज्नुपर्छ ।


२) नेपालीहरुको दैनिक खाना दाल, भात वा ढिँडो, तरकारी, अचार, दही, दुध, सलाद लगायत बेसार, अदुवा, लसुन, प्याज, खुर्सानी, मेथी, ज्वानो, जिरा, मरिच जस्ता मसलादार वस्तुहरुले बन्ने खाना उत्तम हुन् । यसले शरीरमा रोगप्रतिरोधात्मक शक्ति बढाउने कुरा विज्ञहरु बताइरहेछन् । स्मरण रहोस, ५०–६० वर्ष अघिसम्म पहाडका जनता तराई र भित्री मधेसबाट फागुनको मध्यदेखि पहाड उक्लन्थे औलो लाग्ला भनेर तर त्यहाँका आदिवासी थारु, बोटे, माझी लगायत जनताहरु सधैँ त्यहीँ बस्थे, औलोले छुँदैनथ्यो । त्यसको मूल कारण त्यहाँका जनता खुर्सानी लगायत अरु मसलादार वस्तुहरुको प्रयोगले तिनको रगतमा प्रतिरोधात्मक शक्ति मजबुत भएरै हो ।


३) घरभित्र बस्ता टिभी, इन्टरनेट उपलब्ध हुनेहरुले पर्यावरण र त्यसको संरक्षणसँग सम्बन्धित कार्यक्रमहरु हेरेर, पुस्तक पढेर धेरै कुरा सिक्न सक्छन् । तर माया र मैथुनमा आधारित गीत र चलचित्रहरु हेरेर पथभ्रष्ट हुन्छन् । त्यस्ता साहित्य, कलाबाट पथभ्रष्टहरुकै हातमा विश्वको राज्यसत्ता हुनाले तिनीहरुले प्रकृति पनि तहसनहस तुल्याएकाले आज यो भयानक अवस्था सिर्जना भयो । अझ अरु विकराल अवस्था झेल्नुपर्ने हुन सक्छ मातामाथिको भीषण आक्रमणले । तसर्थ प्रकृति मातामाथिको शोषण अर्थात् जलमण्डल, भूमण्डल र वायुमण्डलमा मानव समाजले गरेको अधिक दोहनबारे यथार्थ आत्मसात् गरी अब उपचारतर्पm लाग्नुपर्छ । यसका लागि गहन अध्ययन गर्नुपर्छ, प्रकृति र वातावरण संरक्षणसम्बन्धी पुस्तक, लेख रचनाहरु ।

 प्रधान नेपाल पर्यावरण संरक्षण तथा सम्वद्र्धन संघ अध्यक्ष हुन् । 

सम्बन्धित खबर